झापा-काठमाण्डौं बुुकिङ्गमा एकद्धार प्रणाली लागुु गर्ने व्यावसायीको निर्णय

लिलाराज झापाली , ३३९१४  पटक हेरिएको

झापा।यसअघि बन्द भएको झापा काठमाण्डौ बस बुुकिङ्गमा एकद्धारा प्रणाली पुुन संचालन गर्ने यायातायात व्यावसायीहरुले निर्णय गरेका छन ।

शुक्रवार झापाको सुुरुङ्गामा झापा संयुक्त यातायात व्यावस्थापन समितिमा भएको यातायात व्यावसायीहरुको भेलाले उक्त निर्णय गरेको हो । यातायात व्यावसायी समेत रहनुुभएका झापाका प्रदेश सांसद श्रीप्रसाद मैनालीको प्रमुुख आतिथ्यतामा भएको भेलाले झापा काठमाण्डौ रुटलाई एकद्धार प्रणालीमा लैजाने निर्णय गर्दै यहि भदौ १ गतेदेखि यसलाई कडाईका साथ लागुु गर्ने निर्णय गरेको हो । भेलाले यस अघि झापामा कृयाशील पुुर्वी मेची वस व्यावसायी प्रालि, पुुर्वी हिमाल यातायात प्रालि, मेची यातायात एण्ड अटो प्रालिले झापा काठमाण्डौ रुटमा आआफ्नो व्यावथापनमा संचालन गरिरहेको बुुकिङ्ग काउण्टरलाई मेची यातायात एण्ड अटो प्रालिको प्रधान कार्यालय सुरुङ्गामा भएको व्यावसायीको भेलाले एउटै व्यावस्थापनमा संचालनमा ल्याउने र सरकारले तोकेको भाडादर यात्रुुवाट भाडा उठाउने निर्णय गरेको छ । यस अघि फरक फरक काउण्टरबाट यात्रु बुुकिङ्ग गर्दा विचौलिया प्रथा मौलाएर गएको र यसले यात्रु र यातायात व्यावसायीलाई समेत फाइदा नपुुगेको यातायात व्यावसायीको ठहर छ ।

यसैगरि क्रियाशील प्रालि वाहेकका मितेरी यातायात, बुुलेट यातायात प्रालि, विनायक यातायात, उदिता यातायात प्रालि, हिमाल यातायात कम्पनी, शुुुभ साप्ताहिक यातायात प्रालिलाई बुुकिङ्ग व्यावस्थापन गर्नका लागि साउन २४ गतेभित्र कर्मचारीहरुको नामावली पेश गर्ने र र उनीहरुलाई झापाका तीन यातायात व्यावसायी संघमा आवद्ध हुन अनुुरोध गर्ने समेत भेलाले निर्णय गरेको छ । यसैगरि झापामा यसुक्त व्यावस्थापन साथै काठमाण्डौबाट छुटने वसलाई बुकिङ्ग व्यावस्थापन गर्न झापाबाट समेत ३ सदस्यीय समिति राय सुझावका लागि पठाउने र काठमाण्डौबाट समेत झापाको व्यावस्थापनका लागि ३ सदस्यीय व्यावसायी समितिमा अनिवार्य राख्ने निर्णय गरेको छ ।

सुरुङ्गामा भएको यातायात व्यावसायीहरुको सयुक्त यातायात व्यावसायी संघका अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा भएको भेलामा यातायात व्यावसायी तथा प्रदेश सांसद श्रीप्रसाद मैनाली नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका केन्द्रिय प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भेलामा सहसंयोजक केशव थापा, सचिव हेमराज दाहाल लगायात अतिथिहरु सुनिल कुवर, केदार गिरी, दुर्गा अर्याल, दिपक तामाङ्ग, ख्याम न्यौपाने, श्रीप्रसाद श्रेष्ठ, सरोज न्यौपाने, मोहन रिजाल, नगेन्द्र ढकाल, शंकर पौडयाल, भीमकुुमार सुनुवार, विक्रम बस्नेत, राजेन्द्र थापा, विक्रम पौडयाल संजीव खडका, तेजप्रसाद बास्तोला, धनबहादुर गिरी, याम तिम्सिना लगायातको बैठकमा सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२२-०८-०६ , समय : ०९:३८:२१ , २ वर्ष अगाडि

error: Content is protected !!