झापा एक्सप्रेस , २०५६९ पटक हेरिएको
शरणामती।झापा गाउँपालिकामा वाडस्तरीय बाल सञ्जाल गठन प्रक्रिया शुरु गरिएको छ।यस अघी निरञ्जन मैनालीको अध्यक्षतामा गठित झापा गाउँपालिका स्तरीय तदर्थ समितिले वडास्तरीय बाल सञ्जालको गठन प्रक्रिया शुरु गरेको हो।
बाल सञ्जालले आज बुधबार वडा नम्बर ७ मा एक कार्यक्रमको आयोजना गरि ११ सदस्यीय समिति गठन गरेको छ।तदर्थ समितिका अध्यक्ष मैनालीको अध्यक्षता र वडा नम्बर ७ का वडाध्यक्ष सखिचन्द्र ठाकुरको प्रमुख आतिथ्यमा भएको भेलाले वडा नम्बर ७ का बाल सञ्जालको अध्यक्षमा साजन खानलाई सर्वसम्मत चयन गरेको छ।त्यस्तै उपाध्यक्षमा अनिता पण्डित,सचिवमा सुनैना गौतम,सह-सचिवमा कृष्टि सिटौला,कोषाध्यक्षमा आयुसा खातुनलाई सर्वसम्मत चयन गरेको छ।वडास्तरीय समितिको संरक्षकमा वडाध्यक्ष सखिचन्द्र ठाकुर र सल्लाहकारहरुमा विष्णुमाया खरेल,सन्देश पौडेल,उमर फारुक र मिनाकुमारी राजबंशी रहेका छन् ।
झापा गाउँपालिका स्तरीय बाल सञ्जालको तदर्थ समितिले वडास्तरीय बाल सञ्जाल गठन प्रक्रिया वडा कार्यालयले ढिलाई नगरे चाडैं सक्ने लक्ष्य लिएको तदर्थ समितिका अध्यक्ष मैनालीले झापा एक्सप्रेसलाई बताए।´आज वडा ७ मा गठन गर्यौं,सुक्रबार ६ नम्बरमा गठन गर्ने कार्यक्रम बनाएका छौं उनले भने `वडा कार्यालयले छिटै सहजीकरण गरिदिए बाल दिवसको दिन बृहत कार्यक्रम गर्नलाई सहज हुनेथियो।सबै वडामा वडास्तरीय बाल सञ्जाल गठन गरिसकेपछि सोही पुर्ण साधारण सभाले एक पालिकास्तरीय मुल समिति निर्माण गर्ने मैनालीले जानकारी दिए।
प्रकाशित मिति: २०२२-०८-३१ , समय : २०:००:२७ , २ वर्ष अगाडि