झापा गाउँपालिकाका सिवाकोटी सहित एक सय भन्दा बढि नेपाली फिफा स्वयंसेवकमा

झापा एक्सप्रेस , ६५७३९  पटक हेरिएको

दोहा।कतारमा यही मंशीर ४ गतेबाट हुन लागिरहेको फिफा विश्वकप फुटबल प्रतियोगितामा झापा गाउँपालिका-६ का दिपक सिवाकोटी स्वयंसेवकमा छनौट भएका छन् ।सिवाकोटी सँगै एक सय भन्दा बढी नेपाली स्वयंसेवकमा छनौट भएका हुन् ।

´हामी झापा जिल्लाबाट सुरेश सुन्दास र म दुई जना छनौट भएका छौ सिवाकोटीले बताए ।अरु बिभिन्न जिल्लाबाट १०४ जना अहिले हामी सम्पर्कमा छौ,कती नेपाली रहेछन भन्ने डाटा संकलन भइरहेको छ उनले भने।

विश्व कपको इतिहासमा पहिलो पटक जाडो यामबाट सुरु हुन लागेको प्रतियोगितामा कतारले बिस हजार स्वयंसेवकका लागी अनलाईन आवेदन आव्हान गरेको थियो।जसमा चार लाख आवेदन परेको थियो।चार लाख मध्ये अन्ठाउन्न हजारलाई मात्र अन्तरवार्तामा सहभागी गराइएको थियो।अन्ठाउन्न हजार मध्येबाट सोह्र हजारलाई स्वयंसेवकमा पास गराईयो।यी सोह्र हजार कतारमा काम गर्ने विभिन्न देशका नागरिक रहेका छन् ।

कतारले बिस हजारको माग पुरा गर्न अब बाँकी रहेका चार हजार स्वयंसेवक दोस्रो देश देखी ल्याउने योजना बनाएको बताईएको छ।

प्रकाशित मिति: २०२२-०९-०४ , समय : १०:४८:४८ , २ वर्ष अगाडि