झापा एक्सप्रेस , १५७९६ पटक हेरिएको
शरणामती।झापा गाउँपालिका वडा नम्बर ४ को वडास्तरीय बाल सञ्जाल समितिको अध्यक्षमा सलमा खातुन सर्वसम्मत चयन भएकी छन् ।
वडाले हिजो मंगलबार वडा नम्बर ४ को कार्यालयमा एक कार्यक्रमको आयोजना गरि १२ सदस्यीय समिति गठन गरेको छ।वडा नम्बर ४ का वडाध्यक्ष महमद ताहिरको अध्यक्षतामा भएको भेलाले वडा नम्बर ४ को बाल सञ्जालको अध्यक्षमा खातुनलाई सर्वसम्मत चयन गरेको हो।त्यस्तै उपाध्यक्षद्वयमा सनतरा खातुन र सुजन मर्डी,सचिवमा बिशाल राजबंशी,सह-सचिवमा मक्सुद आलम,कोषाध्यक्षमा आस्मा खातुन र सदस्यहरुमा क्रमस : रमिता राया क्षेत्री,तुलसी तिवारी,नजमुक हुदा,नम्रता गणेश,आर्यन आलम र मोजाहिद आलमलाई सर्वसम्मत चयन गरेको छ।वडास्तरीय समितिको संरक्षकमा वडाध्यक्ष महमद ताहिर रहेका छन् ।
´वडा ३,४,५,६ र ७ मा गठन गर्यौं बाल सञ्जालका तदर्थ समिति अध्यक्ष निरञ्जन मैनालीले भने ।सबै वडामा वडास्तरीय बाल सञ्जाल गठन गरिसकेपछि सोही पुर्ण साधारण सभाले एक पालिकास्तरीय मुल समिति निर्माण गर्ने मैनालीले जानकारी दिए।
प्रकाशित मिति: २०२२-०९-०७ , समय : ०९:०४:०१ , २ वर्ष अगाडि