‘घर दियौ अव रोजगार उपलब्ध गराउन हाम्रो ध्यान केन्द्रित हुने छ ’: सांसद सावाँ

भुमीराज पराजुली , ३८४१८  पटक हेरिएको

टाघनडुब्बा- झापा गाउँपालिकाकी सुकमती सोरेन एकजना धराने नाम गरेका  जग्गा धनीको थोरै क्षेत्रमा झुप्रो बनाएर बस्नु हुन्थ्यो । सानो झुप्रो बनाएर बसेको र त्यसकै छेउमा पर्ने केहि जमिनमा उब्जाउ गरेर उहाँ आफ्नो दैनिक चलाइरहनु भएको थियो । त्यस वापत उहाँले साहुलाई केहि मन धान वर्षेनी दिनुपर्दथ्यो।

जहाँ जहाँ यसरी नै बस्न र काम गर्न पाइन्छ उहाँहरु त्यहाँ यसरीनै झापा गाउँपालिका भरि हिडडुल गर्नुहुन्थ्यो । बस्ने स्थाई घर थिएन । घर बनाउन आफ्नो नाममा कहि पनि जमिन छैन । जमिन खरिद गर्ने उहाँले न कमाई गरेर बचत नै गर्न सक्नु भएको छ ।

दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने यो समुदायलाई नेपाल सरकारले घर बनाएर राख्ने योजना बनायो ।सरकारले घर नभएका विपन्न नागरिकलाई घर बनाइदिएर सुरक्षीतसाथ राख्ने योजना कार्यान्यावनमा ल्याउन थालेपछि विपन्न नागरिक अहिले लाभान्वित भएका छन् । सुकमतीले पनि अहिले घर पाउनु भएको छ ।

अव दिनभरी बोहनीबुतो गरेर आएपनि आफ्नो स्थाई घर नहुदा साहुले निस्केर जा भन्ला कि भन्ने डर हटेको उहाँ बताउनु हुन्छ ।उहाँ अहिले आफ्नै घरमा बस्न पाउनु भएको छ । ‘खै सरकारले बनाइदिएको घर भन्छन् ’ घर कस्ले दिएको घर हो भनेर सोधेको प्रश्नमा सुकमती भन्नु हुन्छ ‘सुन्न चाहि एलपि सावाले बनाइदिएको रे तर कसरी कसरी बन्यो अरु चाहि थाहा भएन ’ कुराकानीका क्रममा उहाँले बताउनु भयो ।

बस्नकालागि सजह र सुरक्षीत भएको अनुभुती सुकमती जस्तै नुनिया चोडेको पनि छ । ‘घर थीएन , कहाँ बस्ने होला भन्ने चिन्ता थियो अहिले आफ्नै घर पाएका छौ खुसी लागेको छ ।’ चोडेले बताउनु भयो ।

झापाको झापा गाउँपालिका-२  स्थित बालुवाटारमा एकै आकारका २० वटा घर बनाइएको छ । सरकारी जमिनमा बनाइएको घरहरु हेर्दा एउटै छन् । सबैको रङ्गरोगन उस्तै छ । समान प्रकारका घरहरु यहाँ बनाइएको छ ।

सरकारले जनता आवास कार्यक्रम मार्फत यहाँ घर बनाइदिएको हो । केपि ओली प्रधानमन्त्री भएको बेला आएको यो कार्यक्रमले विपन्न नागरिक लाभान्वीत भएका छन् ।

हरेक पालिकामा यस प्रकारको काम गर्न भन्दै सरकारले बजेट नै छुट्टयाएर पठाइदिएपछि विपन्न नागरिकले घर पाउन सम्भव भएको हो । १ करोड ३० लाख रुपैँयाको लगानीमा बनेका यी २० वटा घरमा सबै यस क्षेत्रका आदिवासी तथा विपन्न नागरिकलाई राखीएको छ ।

‘घर दियौ अव रोजगार उपलब्ध गराउन हाम्रो ध्यान केन्द्रित हुने छ ’: सांसद सावाँ

विपन्न नागरिकलाई आवास दिएर मात्रै व्वस्थापन गर्ने काम नसकिएको यहि क्षेत्रका प्रतिनिधि सभा सदस्य एलपि सावाँ बताउनु हुन्छ । ‘घर बिहिन आफ्ना जनतालाई पहिलो चरणमा हामीले घर बनाएर राखेका छौ उनीहरुलाई रोजगारीको प्रबन्ध मिलाउने कार्यक्रम तय गर्ने छौ ।’सावाँले बताउनु भयो ।

‘विपन्न नागरिकहरु के काम गर्न चाहन्छन् ? उनीहरुलाई त्यो कामसँग जोडन् सकिने गरिको सिपको विकास पहिला गराउने छौ । सिप सिकाएर उनीहरुलाई स्वरोजगार बन्न विउ पुँजी उपलब्ध गराउन सकिन्छ वा काम गर्न चाहनेलाई दक्ष बनाएर काममा लगाउन सकिने छ । ’ सावाँ भन्नु हुन्छ ‘यसरी चरणवद्ध रुपका काम गरेर विपन्न नागरिकहरुलाई घर दियौ अव रोजगार दिन्छौ ।’

यहाँ बसोबास गर्ने नागरिकहरुले आफुहरुको घरमा बर्खा लाग्दा घर छिर्नै गाह्रो हुनेगरि हीलाम्मे हुने गुनासो गरेका छन् । ‘बस्ति भित्रै राम्रो सडक र बस्तिको छेउमा एउटा मन्दिरपनि भए हामीलाई निकै सहज हुने थियो । ’ सुकमतीले अन्तिममा माग राख्नु भएको छ । यो मागलाई चुनाव पछि तत्कालै पुरा गर्ने सांसद सावाँले प्रतिवद्धता जनाउनु भएको छ ।

प्रकाशित मिति: २०२२-०९-१२ , समय : १९:३०:४८ , २ वर्ष अगाडि

error: Content is protected !!