झापा एक्सप्रेस , १९१७० पटक हेरिएको
शरणामती।झापाको झापा गाउँपालिका-६ स्थित जय पाथीभरा अंग्रेजी माध्यमिक विद्यालयले दिप प्रज्वलन गरि संविधान दिवस मनाएको छ।विद्यालयले शरणामती बजारमा दिप प्रज्वलन गरी संविधान दिवस मनाएको हो।
आज सोमबार साँझ १८.४५ बजे शरणामती चौकमा नेपालको झण्डाको आकृति बनाई स्थानियको समेत सहभागितामा विद्यालयका शिक्षक साथै विद्यार्थीले दिप प्रज्वलन गरेका थिए।
वडा नम्बर ६ का वडा सदस्य फणिन्द्र खरेलले उद्घाटन गरेको कार्यक्रममा शिक्षक सुनिल ढुङ्गानाले संविधान माथी चर्चा गरेका थिए।कानुनी मुलुकमा संविधानको महत्व बारे प्रकाश पार्दै विद्यार्थीहरुलाई संविधानको महत्व बुझाउन यस्ता कार्यक्रमले महत्व राख्ने ढुङ्गानाले बताए।
२०७२ सालमा संविधान सभाबाट पारित संविधान प्रत्येक वर्ष असोज ३ गते दिवसको रुपमा मनाइदा साना विद्यार्थीमा समेत मुलुकको संविधान प्रति चासो बढ्ने प्रधानाध्यापक गणेश सुबेदीले बताए।भविष्यका कणदार विद्यार्थीलाई संविधान बारे चासो बढाउन सकिए भोलीको देश निर्माणमा सहज हुने उनले विश्वास व्यक्त गरे।
प्रकाशित मिति: २०२२-०९-१९ , समय : १९:३६:४० , २ वर्ष अगाडि