आठौं संविधान दिवसको अवसरमा झापाको कनकाईमा विशेष कार्यक्रम

झापा एक्सप्रेस , १६६५४  पटक हेरिएको

चन्द्र बस्नेत
झापाको कनकाई नगरपालिकाले संविधान दिवसको अवसरमा लोकतान्त्रिक जनआन्दोलनका शहिदको तस्वीरमा माल्यपर्ण तथा नेपालको राष्ट्रिय झण्डा फर–फराएर मनाएको छ ।

कनकाई नगरपालिकामा सोमवार (आज) भएको कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नेपालको राष्ट्रिय भण्डा फरफराएर तथा शहिदहरुको तस्वीरमा माल्यपर्ण गर्नु भएको थियोे । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले संविधान प्राप्तीका लागि ज्यानको आहुति दिने शहिदहरुको बलिदानको चर्चा गर्नु भएको थियोे ।

शहिदले देखेका सपनालाई साकर पार्न बिगत ७२ बर्षसम्म हुन नसकेको काम ५ बर्षको अवधिमा धेरै भएको बताउँदै अझैपनि सोचे जतीको कार्य गर्न नसकेको जिकिर गर्नुभयो ।

नगर प्रमुख पोखरेलले ५ बर्षको अवधिमा बाटोघाटो, युवा स्वरोजगार, शिक्षा जस्ता कुरामा धेरै प्रगति गरेको चर्चा गरे । उनले सोचे जस्तो स्वास्थ्य क्षेत्रमा काम गर्न नसकेको बताउँदै एकहजार ५ सय घरधुरीलाई स्वास्थ्य बिमा गराएको जानकारी दिनुभयो ।

स्वागत नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले गरेको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) नगर उपाध्यक्ष दिलिप घतानी, नेपाली कांग्रेस नगर सचिव रेणुप्रसाद कँडेललगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले गरेका गर्नुभएको थियो।

कार्यक्रममा नगरका ९ वटैं वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, प्रहरी, नगरका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको जनाईएको छ। नगरले २०७२ सालमा जारी भएको आठौं संविधान दिवस हरेक वर्ष यसरी नै मनाउदै आएको नगर प्रमुख पोख्रेलका सोकिय सचिब विजय पाठकले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२२-०९-१९ , समय : २०:१६:५७ , २ वर्ष अगाडि

error: Content is protected !!