झापा गाउँपालिकामा ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

झापा एक्सप्रेस , १३४४९  पटक हेरिएको

शरणामती –सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चित मुल नाराका साथ आज मंगलबार झापा गाउँपालिकामा ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको मनाइएको छ ।झापा गाउँपालिकाको आयोजना तथा न्याय तथा विकासका लागि सामाजिक सन्जालको सह आयोजनामा अन्तराष्ट्रीय महिला दिवस मनाइएको हो ।

गाउँ कार्यपालिका सदस्य सपना विश्वकर्माको अध्यक्षता र गाउँपालिकाका प्रमुख जयनारायण साहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष मोतीलाल गणेश,हरीप्रिया गणेश ,राजकुमार कोच,हेम गणेश टंक विश्वकर्मा अरुमेरी खातुन,फूलकुमारी आङदम्बे,सखिचन ठाकुर,नरेन्द्र आङदम्बे लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा न्याय तथा विकासका लागि सामाजिक संजालका प्रतिनिधी , महिला अधिकारकर्मी, लगायतको उपस्तिथि रहेको थियो।नारी दिवसकै अवसर पारेर अस्ट्रेलियन सरकार र लुथरन वर्ल्ड फेडेरेशनको सहयोगमा न्याय तथा विकासका लागि सामाजिक सन्जाल (SNJD) ले ४६ गर्भवती, सुत्केरि तथा अपङ्गता भएका महिलाहरुलाइ डीग्निटी किट्स वितरण गरेको संजालका प्रतिनिधी रन्जन धमलाले बताए ।यसरि नि सन्जालले कचनकवलमा ४५ परिवार र गौरिगन्जमा पनि ४५ परिवारलाइ उक्त सामाग्री वितरण गरि सकेको उनले जानकारी दिए ।

प्रकाशित मिति: २०२२-०३-०८ , समय : २१:४५:५३ , ३ वर्ष अगाडि