नौमति बाजा बजाएर व्यवसायीक बन्दै झापा कनकाइका महिलाहरु

सिएम शर्मा , १५७८८  पटक हेरिएको

बर्षौ देखि विभिन्न सभा समारोह , बिवाहा , चाडपर्व , पुजाअाजामा प्राथमिकतामा रहेको नौमती बाजा अाजभोलि अाधुनिकताको नाममा भित्रएका बिदेशी बाजागाजाकोकारण अोझेल पर्दै गएको छ ।

पहिले पहिले कुनैपनि शुभकार्यमा नौमती बाजा अघि नलगाई शुभारम्भनै नहुने ईतिहास हामिले हाम्रा अग्रजवाट सुन्दै अाएका पनी छौ । तर पनि अहिले हामी हाम्रो रितिरिवाज , संस्कृति र परम्परालाई भुलेर तिनै विदेशी बाजागाजामा रमाउन थालेका छौ । यसले गर्दा हाम्रो संस्कृतिनै सङ्कटमा परिरहेको छ ।

नेपाली संस्कृतिनै विलय हुने अवस्था देखेपछि यतिबेला झापाको कनकाई नगरपालिका १ का महिला दिदिबहिनीहरुले समुहनै बनाएर नौमती बाजा बजाउन थाल्नु भएको छ ।

कनकई नगरपालिका १ का दिदिबहिनीहरु साबित्रा भुजेल संयोजक र सदस्यहरुमा गिता पुरी , सिता भट्टराई अधिकारी , कमला अाचार्य , सुकमाया राई , मञ्जु सापकोटा , मुना श्रेष्ठ , कोपिला बर्देवा , कमला पौडेल , इन्दिरा वोहोरा , कमला घिमिरे , गंगा कोइराला , पुष्पा वोहोरा , गोमा कोइराला न्यौपाने , अनु दाहाल , भगीमाया कार्की ले नगरवाट नौमतीबाजा बजाउने १ महिने तालिम लिएर समुहमा १ जना पुरष लाल बहादुर दर्जी समेतलाई सहभागी गराई “कनकाई नमुना नौमती बाजा समुह” खडा गरी अहिले व्यवसायीक रुपमै नौमती बाजा बजाउन थाल्नु भएको छ ।

दुई नर्सिङा , दुई सनाई , मादल , दमाहा , झ्याम्टा, बांग्दल र ट्याम्को एक एक गरि नौवटा बाजाहरु एकसाथ बजाईने भएकोले नौमती बाजा भनिएको र यि नबैवटा बाजा समुहका सबैले बजाउन सक्ने पनि हुनुभएको छ ।

साबित्रा भुजेलको संयोजनमा रहेको समुहले अहिले नगरभित्र मात्रै सिमित नरही अन्य जिल्लामा समेत गएर बाजा बजाउने गरेको छ । पारिश्रमिक हिसावले अहिले शुरुवाती चरणमा अायोजक अाफैले कार्यक्रम अनुसार निम्नतम तिस हजार भन्दा माथी दिने गरेको र अब समुहले निर्णय गरेर पारिश्रमिक पनि तय गरिने समुहकि संयोजक भुजेल बताउनु हुन्छ ।

कनकाई नगरपालिकाकी तत्कालीन नगर उपप्रमुख मन्जु प्रसाईको प्रेरणा , उत्साह र सल्लाहाले नौमती बाजा बजाउन यो समुहलाई उत्साहित गरेको पुर्व कार्यपालिका सदस्य समेत रहेकी नौमती बाजा समुहकी सदस्य सिता भट्टराई अधिकारि बताउनु हुन्छ । “हामी महिलाहरुले नौमती बाजा बजाउने जस्तो गम्भीर बिषयमा तालिमको माग गर्दा हामिलाई बिस्वास गरि हाम्रो योजना स्विकार गर्दै कनकाई नगरले तालिम साथै बाजागाजा समेतमा सहजिकरणगरेर सहयोग गरेकोमा नगर परिवार प्रती नौमती बाजा समुह कृतज्ञ रहेको” पनि भट्टराईको भनाई छ ।

पहिले देखिनै नौमती बाजा विशेषगरी दमाई समुदायले बजाउने गरेको र अन्य समुदायले यो बाजा बजाउन हुन्न भन्ने मानसिकता बोकेको सामजले अहिले अाएर क्षेत्री ब्राह्मण तेस्मा पनि हामी महिलालेयो बाजा बजाईरहदा पनि समुहलाई उत्साह र सम्मान दिईरहदा अब भने रुढिवादि सोचबाट समाज परिवर्तन भएछ भन्ने लागेको र सहज रुपमा यस पेसालाई व्यवसायीक रुपमा अगी बडाउन सकिने कुरामा बिस्वस्त रहेको बताउनु हुन्छ समुहकि सदस्य भट्टराई ।

तालिम लगायतका बिषयमा नगरले गरेको लगानी खेर नजाअोस भनी कुनै पनि तालिमको अायोजना गर्दा त्यसको अध्ययन गरेरमात्र अायोजना गरिने हुदा कनकाई नमुना नौमती बाजा समुहलाई तालिम दिन अघि उहाहरुको उत्साह देख्दा पकै पनि तालिमको उपलब्धि हासिल गर्न सकिने देखिए पछी तालिम दिएको र अहिले तालिममा सहभागीहरुले त्यसको प्रतिफल हासिल गरिरहेको देख्दा खुशी लागेको कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल वताउनु हुन्छ । अझ पनि यस समुहलाई परिस्कृत गर्दै लान समुहमा थप उपकरणको अावाश्क रहेको र समुहमा अावाश्कता अनुसार सदस्यहरुको हेरफेर समेत गर्नुपर्ने भए यसको सहजिकरण नगरले गरेर उत्कृष्ट नौमती बाजा समुह कनकाईमा निर्माण गरिने नगर प्रमुख पोखरेल बताउनु हुन्छ ।

कनकाईमा यो महिला नमुना नौमती बाजा समुहनै पहिलो महिला नौमतीबाजा समुह रहेको र यस समुहले सहजिकरण गरि कनकाईमा अर्को पनि एउटा नौमती बाजा समुह निर्माण गर्ने सोच बानएको बताउनु हुन्छ समुहकी सदस्य भट्टराई ।

सफलताको हिसावले हेर्ने हो भने कुनै पनी पेषालाई सानो ठुलो नमानी जोस जागरका साथ अाफ्नै ठाउमा अाफ्नो रितिरिवाज , परम्परा र संस्कृतिको जगेर्ना गर्दै सफल व्यवसायीक बन्न सकिने एक ज्वलन्त उदाहरण बनेको छ यतिबेला कनकाई नमुना नौमती बाजा समुह ।

प्रकाशित मिति: २०२२-०९-२२ , समय : २०:१९:४८ , २ वर्ष अगाडि

error: Content is protected !!