एमाले कांग्रेसलाई हराउने दाउमा,माओवादी अवसरको खोजीमा 

झापा एक्सप्रेस , ७३६१  पटक हेरिएको

शरणामती ।देश यतिखेर चुनावी दौडमा छ ।पार्टीका केन्द्रीय नेता देखि प्रदेश,जिल्ला र स्थानीय तहका नेता सम्म चुनावी दौडमा गाउँगाउँ पुग्न थालेका छन् ।नेताहरूको यता झापा गाउँपालिकामा समेत चुनावी दौड सुरु भएको छ।आफ्नो सङ्गठनलाई जिताउन के गर्ने भन्ने विषयमा बहस हुन थालेको छ।

झापा गाउँपालिकामा शीर्ष मानिएका तीन दल नेपाली कांग्रेस,नेकपा एमाले र नेकपा माओवादी यति खेर चुनाव कसरी आफ्नो तिर पार्ने भन्ने ध्याउन्नमा छन् । गत २०७४ सालको चुनावमा अध्यक्षको पदमा हारेर उपाध्यक्ष र चार वडाध्यक्षमा चित्त बुझाएको नेकपा एमाले अबको चुनावमा सबै सेट जितेर आफ्नो सरकार स्थापित गर्न चाहान्छ।यता नेपाली कांग्रेस अध्यक्ष सहित दुई वडाध्यक्ष र सदस्यहरू जितेर गाउँ सभामा बहुमत ल्याउन सफल पार्टी आफ्नो साख जोगाई राख्न चाहान्छ।झापा गाउँपालिकामा प्रमुख निकटतम प्रतिद्वन्द्वी एमाले र कांग्रेस रहेका छन् ।

संविधान सभा निर्वाचनमा ठुलो दल भएको माओवादी भने झापा गाउँपालिकामा अवसरको खोजीमा छ। चुनावका बारे चिया पसलमा चर्चा हुन थालेको छ।भुगोलको हिसाबले माओवादी कम्युनिस्ट सिधान्त सँग अर्थात एमाले सँग मिल्यो भने एमालेको अध्यक्ष र माओवादीको उपाध्यक्ष हुने प्रवल सम्भावना रहन्छ।यता नेपाली काँग्रेस सँग मिल्यो भने काँग्रेसको संगठन बलियो हुनाले माओवादी लाई उपाध्यक्षमै चित्त बुझाउनु पर्ने हुन्छ।अब माओवादी को सँग मिल्दा फाइदा भन्ने दाउँमा छ।एमाले सँग मिल्यो भने एमालेमा महिला उपाध्यक्षका उम्मेदवार कम भएकाले उपाध्यक्षमा माओवादीलाई अन्तरघात नहुन सक्छ भन्न्ने विश्लेषण एक थरीले गरेका छन् ।यता काँग्रेसको उपाध्यक्षमा तीन जना महिला उपाध्यक्ष महिला उम्मेदवार रहेकाले काँग्रेस माओवादी गठबन्धन अफाप हुने जानकार बताउछन।यद्दपी माओवादीले जुनै पार्टी सँग गठवन्धन गरेपनी अध्यक्षको पद आफ्नो पोल्टामा पार्ने दाँउमा छ।नभए एक्लै चुनाव लड्ने अडान समेत लिएको जानकार बताउछन।यद्यपि केन्द्रीय गठबन्धनको सर्कुलरले के भन्छ त्यो बाँकी दिनले देखाउने नै छ।

यता साना दलहरु राप्रपा,लोसपा,जसपाले भने वडाध्यक्षका उम्मेदवार उठाउने प्रवल सम्भावना रहेको छ।यद्यपि यी तीन ठुला दलको गठबन्धनमा चुनावी दौड सुरु गर्छन या गर्दैनन भावी दिनले देखाउने नै छ।

प्रकाशित मिति: २०२२-०३-०९ , समय : २१:४६:१९ , ३ वर्ष अगाडि

error: Content is protected !!