समस्याका बारेमा जानकार छु, जिते–हारे जनताको सेवा गरिरहन्छु : झापा ४ का उम्मेदवार थेबे

झापा एक्सप्रेस , ३३०६१  पटक हेरिएको

झापा। झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका तर्फबाट गठबन्धनका साझा उम्मेदवार देउमान थेबेले स्थानीय समस्याका बारेमा आफु सबैभन्दा बढी जानकार भएको र निर्वाचन जिते–हारे जे भएपनि ती समस्या समाधानका लागि लागि पर्ने बताउनुभएको छ ।

कनकाई–६ र ७ को संयुक्त चुनावी सभालाई आइतबार साँझ दुर्गापुरमा सम्बोधन गर्दै उहाँले १० वर्षसम्म गाविस अध्यक्ष बनेर सेवा गरिसकेको भन्दै थप १५ वर्ष जिविस सयन्त्रको समेत अनुभव आफूसँग रहेकाले यस क्षेत्रका साना–ठुला सबै समस्यासँग जानकार भएको बताउनुभयो ।

‘निर्वाचनका बेला मात्रै आएर भाषण गरेको होइन, म हिजो जनप्रतिनिधि हुँदा पनि यहाँका समस्यासँग सँगै थिए र भोली जितेर जादा होस् या हार्दा म सधैं जनतासँगै रहने छु’, थेबेले भन्नुभयो ।

शनिवारबाट कनकाई तर्फको चुनावी अभियान थाल्नुभएका थेबेले यहाँका सन्काह, कनकाई, विरिङ लगायतका साना ठुला नदीका कारण जनताले भोग्नुपरेका समस्याका बारेमा जानकार रहेको र आफू पनि पीडित भएकाले सबै कुरामा जानकार रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभाका उम्मेद्धार एकराज उप्रेतीले समेत आफ्ना धारणा राख्नुभएको थियो । माओवादीका कनकाई नगर कमिटी उपाध्यक्ष कृष्ण खतिवडाको स्वागत रहेको कार्यक्रममा कांंग्रेसका ७ नम्बर सभापति इश्वरी शिवाकोटीको सभापतित्वमा कार्यक्रम सञ्चालन भएको थियो ।

प्रकाशित मिति: २०२२-१०-१७ , समय : ०९:५०:२८ , २ वर्ष अगाडि

error: Content is protected !!