झापा एक्सप्रेस , २८८७२ पटक हेरिएको
शरणामती।झापाको झापा गाउँपालिका-७ मदरगाछमा जारी दोस्रो सन्थाल कप नकाउट फुटबल प्रतियोगिताको उपाधी आयोजककै पोल्टामा परेको छ।
जनकल्याण माध्यमिक विद्यालयको खेलमैदानमा शनिवार भएको फाइनल खेलमा झापा-६ कै बरडाँगीको टिमलाई हराउँदै आयोजकले उपाधी रक्षा गरेको हो।खेल समयमा गोलरहित बराबरी भएपछी ट्राइब्रेकरमा ५-४ को गोलान्तरले आयोजकले बरडाँगीलाई पाखा लगाएको थियो।
उपाधी चुमेको आयोजकले ५० हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ।त्यस्तै उपविजेता बनेको बरडाँगीले ३० हजार नगद सहित,मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।प्रतियोगितामा वेस्ट प्लेयर बरडाँगीका उमेश मुर्मु घोषित भए।वेस्ट डिफेन्स आयोजक टिमका खगेन्द्र प्रताप हेमरम घोषित भए।त्यस्तै वेस्ट किप्पर र हाइस्कोररमा आयोजक टिमकै विश्व सोरेन र नरेश मुर्मु घोषित भए।उनीहरुले ट्रफी,मेडल र प्रमाणपत्र पाए।
आयोजक समितिका अध्यक्ष राजन टुडुको अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा प्रमुख अतिथी साह,उपाध्यक्ष अन्जुदेवी थपलिया,वडाध्यक्ष सखिचन्द्र ठाकुर,वडा सदस्य बालकृष्ण सिटौला लगायतले पुरस्कार वितरण गरेका थिए।
प्रकाशित मिति: २०२२-१०-२९ , समय : २१:०१:०१ , २ वर्ष अगाडि