झापा एक्सप्रेस , २३३२२ पटक हेरिएको
शरणामती।झापाको झापा गाउँपालिकामा आज शुक्रबार देखि सुरु भएको प्रदेश १ पालिका स्तरीय पुरुष भलिवल प्रतियोगितामा झापाकै कनकाई,भद्रपुर,बिर्तामोड र झापा गाउँपालिकाले विजयी सुरुवात गरेका छन् ।
झापा-६ को शरणामती स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा बाह्रदशीलाई ३-२ को सेटमा हराँउदै कनकाईले विजयी सुरुवात गरेको हो।२५-२३ र २५-१८ को सुरुवाती सेटमा लगातार जितेको बाह्रदशीलाई पुन: २५-१६ र २५-१८ को सेट फर्काएको थियो।सुरुवाती सेटमा मजबुद बनेको बाह्रदशीलाई निर्णायक सेटमा १५-११ ले पाखा लगाउँदै कनकाईले जित सुनिश्चित गरेको छ।खेलमा म्यान अफ द म्याच कनकाईका सन्देश आचार्य घोषित भए।यो सँगै भोलि शनिवार ३ बजे रामप्रसाद राई भोजपुर र कनकाई विच प्रतिष्पर्धा हुने पक्का भएको छ।
त्यस्तै आजै भएको दोस्रो खेलमा भद्रपुरले शिवसताक्षीलाई ३-० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ।खेलमा म्यान अफ द म्याच भद्रपुरका अभिषेक काम्ती घोसित भए।
त्यस्तै तेस्रो खेलमा चुलाचुली इलामलाई ३-० को सोझो सेटमा हराउँदै विर्तामोडले जितको सुरुवात गरेको छ।२५-१६,२५-२१,२५-२४ को सेटमा विर्तामोडले चुलाचुली माथी जित कब्जा गरेको थियो।खेलमा म्यान अफ द म्याच बिर्तामोडका फणीन्द्र सिग्देल घोषित भए।यो सँगै २० गते हुने खेलमा बिर्तामोडको भेट भद्रपुर सँग पक्का भएको छ।
त्यस्तै चौथो खेलमा आयोजक झापा गाउँपालिकाले ३-० को सोझो सेटमा मेचिनगरलाई हराउँदै विजयी सुरुवात गरेको छ।झापाले २५-१४,२५-२०,२५-११ को सेटले मेचिनगरलाई हराएको थियो।खेलका म्यान अफ द म्याच आयोजक टिमका रोशन सिवाकोटी घोषित भए।
आयोजक समितिका अध्यक्ष खगेन्द्र घिमिरेको अध्यक्षता र झापा गाउँपालिका प्रमुख जयनारायण साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष अन्जुदेबी थपलिया वडाध्यक्षहरु,वडासदस्यहरु,बुद्दीजिवी,सामाजिक व्याक्तीत्व लगायतको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: २०२२-११-०४ , समय : २२:५१:४२ , २ वर्ष अगाडि