झापा एक्सप्रेस , १५७८० पटक हेरिएको
दुर्गा नेम्बाङ कला क्षेत्र, हितैषी र राजनीतिज्ञहरु माझ चिरपरिचित नाम हो। नेपाली कला क्षेत्रमा समेत दख्खल राख्ने नेम्बाङको आफ्नै पहिचान र प्रभाव छ।नेम्बाङ सफल चलचित्र निर्देशक र कलाकार हुन् | उनले केहि नेपाली र लिम्बु भाषाको चलचित्र को निर्देशन गर्नुको साथै दर्जनौ चलचित्रमा कलाकार भएर अभिनय पनि गरेका छन्।
नेपाल चलचित्र बिकाश बोर्डमा आदिवासी चलचित्र प्रबदन समितिमा सदस्य भएर काम गरि सकेका छन्। उनले दुइ दर्जन भन्दा बढी चलचित्र सबन्धि कार्यशालामा सहभागी भएर चलचित्र निर्माण सम्बन्धि ज्ञान हासिल गरेका छन् ।नेपाली कला क्षेत्र लाइ माया गर्ने दुर्गा नेम्बाङ दर्जनौ रास्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड बाट समेत सम्मानित भइसकेका छन् ।
खेलकुद क्षेत्रमा पनि रुची राख्ने नेम्बाङ नेपाल सितोरियो करातेको को ब्याल्क बेल्ट हुन्। उनी धेरै रास्ट्रिय प्रतियोगितामा समेत सहभागी भएका छन् ।अनुशान लगनशीलता र समयको महत्व नेम्बाङले खेलकुदवाट नै सिकेको बताए।
यसबेला नेपाली राजनीतिमा सक्रिय भएर लागेका नेम्बाङ राजनीति बाट नै समाजको रुपान्तरण गर्न सकिन्छ भन्ने कुरा राम्रो संग बुझेका छन् | प्रदेश नं १ सरकारका कृषि तथा पशुपंक्षी मन्त्री झलक बहादुर मगरका स्वकीय सचिव नेम्बाङले गाउँ बिकाश गर्न र बिभिन्न कारणले अप्ठ्यारो परेका मानिस र दिन दु:खीको सहयोगको लागि रातदिन खटिने गरेको उनी निकट चन्द्र बस्नेत बताउछन।
पार्टीले दिएको जिम्मेवारी लाई कुशलता पुर्वक निभाउदै आएका नेम्बाङ नेपाली राजनीतिमा सक्रिय भएर लागेका छन् ।यती बेला उनी नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेश कमिटीको दोस्रो पुर्ण बैठकबाट प्रदेसको प्रादेशिक मामिला विभाग सदस्यमा मनोनीत भएका छन्।
नेम्बाङ एक भएपनि कला अनेक छन्।उनी सक्रिय युवाहरुका लागी प्रेरणाका स्रोत बन्न सक्छन । उनको लगनशीलता र सफल जीवनको कथा युवाहरुका लागी सफलताको पाठ बन्न सक्छ।
प्रकाशित मिति: २०२२-०३-११ , समय : १९:५३:१८ , ३ वर्ष अगाडि