झापा एक्सप्रेस , २४९५१ पटक हेरिएको
शरणामती-झापा क्षेत्र नम्बर ४ का प्रतक्ष्यतर्फका प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार लालप्रसाद सावाँ लिम्बु (एलपी) ले विकाशको कामले नभ्याएर सिन्को नभाचेको बताएका छन्।
विहिवार नेकपा एमालेले सुरुङ्गामा आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्दै एलपी सावाँले सिन्को पनि भाचेन भन्नेहरुका लागी व्यंग गर्दै यस्तो बताएका हुन् ।’साथीहरु अघिल्लो कार्यकालमा एलपी सावाँले सिन्को पनि भाचेन भन्नु हुन्छ रे,विकास गर्दागर्दै सिन्को भाच्ने फुर्सद मिलेन,फुर्सद मिल्यो भने त्यो पनि गरौला’ सावाँले भने ।
हुलाकी बाटो एमालेलेनै बनाएको भन्दै आफ्नो पहलकदमीमा झापा ४ मा सयौं योजना पारेर केही सम्पन्न र केही निर्माण हुदै गरेको अवस्थामा रहेको सावाँले बताएका छन् ।’जनता आवास कार्यक्रम कसले संचालन गर्यो? हामीले,तटबन्धनको काम कसले गर्यो ?हामीले,खानेपानीको काम कसले गर्यो?हामीले ,हाम्रो सरकार संचालन भएको छोटो समयमा पनि हामीले विकासको मूल फूटायौ,अहिले पनि ति कार्यक्रम र ठेक्काहरू निर्माणकै क्रममा छन् ‘उनले भने ।उनले सम्बोधनका क्रममा कृषी,शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनीय विकास गरेको बताएका थिए।
‘अनि पनी २०७४ सालमा निर्वाचित भएको अघिल्लो कार्यकालमा सावाँले सिन्को पानी नभाचेको भन्ने?यत्रो विकासका काम गर्दागर्दै फुर्सद मिलेन’ सावाँले व्यंग गर्दै हास्दै भने अब फुर्सद मिले सिन्कोनी भाचौला ।
प्रकाशित मिति: २०२२-११-११ , समय : १९:०५:४० , २ वर्ष अगाडि