झापाको दुई पालिकामा सेम्पल सर्भे

झापा एक्सप्रेस , २३४५७  पटक हेरिएको

भद्रपुर, ११ मंसिर । झापामा हात्तीपाइले रोग निवारण सम्बन्धी ‘सेम्पल सर्भे’ हुने भएको छ ।

तालिम केन्द्रका भेक्टर कन्ट्रोल अधिकृत कुमार पोखरेलले झापाको दुई पालिकामा सेम्पल सर्भे गरिने जानकारी दिनुभयो । झापाको कचनकवल गाउँपालिका गाउँपालिका–४ को लोदाबारी र झापा गाउँपालिकाको कुमरखोदमा सेम्पल सर्भे गरिने उहाँले बताउनुभयो । विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको परीक्षण कीटबाट १० मिनेटमै नतिजा (रिपोर्ट) आउने उहाँले बताउनुभयो । १२ गते कचनवल र १३ गते कुमरखोदमा सेम्पल सर्भे हुनेछ ।

सर्भेका क्रममा लोदाबारी र कुमरखोदका तीन/ तीन सय स्थानीयबासीको रगत परीक्षण गरिनेछ । रगतमा हात्तीपाइले रोगको जीवाणु रहे/नरहेको परीक्षण गरिने स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन विश्वनाथ श्रेष्ठले बताउनुभयो ।

जिल्लामा हात्तीपाइले रोग निवारण भएको मानिनेछ भने सोभन्दा बढी आएमा झापा हात्तीपाइले रोगविरुद्धको अभियान असफल हुनेछ । असफल भएमा यसअघि दुई वटा औषधि सेवन गराइँदै आएकोमा एक वटा औषधि थप भई तीन वटा औषधि सेवन गर्नुपर्ने फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

छ वर्षमा झापामा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य रहे पनि ११ वर्षसम्म पनि सफलता मिलेको छैन । अघिल्लो पटक झापाको दमक र झापा गाउँपालिकामा २०२० मा सेम्पल सर्वेक्षणमा गरिएको थियो । मापदण्ड भन्दा बढीमा हात्तीपाइले रोगको जीवाणु भेटिएपछि अभियान सफल घोषणा भएको थियो ।

सर्वेक्षणमा नतिजा सकारात्मक आए अभियान सफल हुने छ र माघ अन्तिममा १२ औं पटक औषधि सेवनपछि जिल्लालाई हात्तीपाइले रोग निमूल भएको जिल्ला घोषणा गरिने छ । गत वर्ष झापामा ८६ प्रतिशत मानिसले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति झापाका विश्वनाथ बराल, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बारकोटी लगायतले हात्तीपाइले रोग निवारणमा सबैले भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रकाशित मिति: २०२२-११-२७ , समय : २१:३८:१० , २ वर्ष अगाडि

error: Content is protected !!