झापा एक्सप्रेस , ५८७२१ पटक हेरिएको
शरणामती।झापा गाउँपालिकाको गाउँ सभामा पदाधिकारीलाई ट्राकसुट र ढाका साडी वितरण गरेको पाइएको छ।
२०७९ मा सार्वजनिक भएको आर्थिक वर्ष २०७७/०७८ को महालेखा परिक्षण प्रतिवेदनमा गाउँसभामा कपडा खरिद गरि वितरण गरेको खर्च मितव्ययी नदेखिएको उल्लेख गरिएको छ।
आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली ,२०७७ मा खर्च गर्दा स्वीकृति नम्स अनुसार विनियोजित बजेट निर्धारित कार्यमा खर्च गर्नु पर्दछ।पालिकाले गाउँसभामा सञ्चालन गर्दा पदाधिकारीलाई मायाको चिनोको रुपमा ट्राकसुट र ढाकाको साडी १ लाख ५९ हजार ३७५ रुपैयाँको खरिद गरेको पाइयो।पालिकाले यस्तो खर्चमा नियन्त्रण गर्नु पर्दछ प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा कार्यपालिका सदस्यहरुले नबसेको बैठकको समेत भत्ता लिएको पाइएको कारण भत्ता लिएको रकम बेरुजुमा राखिएको छ।
“गाउँ तथा नगरसभाका सदस्यहरुको सुबिधा सम्बन्धी ऐन २०७५ (संशोधन सहित)को दफा ३ मा पदाधिकारीलाई बैठक नवसेको दिनको बैठक भत्ता पाउने व्यवस्था छैन।देहाय विवरण अनुसार पालिकाले पदाधिकारीलाई मासिक ३ वटाको दरले कार्यपालिका बैठक भत्ता दिएकोमा कार्यपालिका बैठकको माइन्युट माग गरि परिक्षण गर्दा १३ वटा बैठक मात्र बसेको पाइयो।यसप्रकार नबसेको बैठकको भुक्तानी दिन नमिल्ने हुँदा सम्बन्धित पदाधिकारीबाट असुल गर्नु पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।त्यस्तो बैठक नबसेको रकम २३ वटा बैठकको जयनारायण साह,कुन्तीदेबी बुढाथोकी,टिकाबहादुर विश्वकर्मा र भाद्रुलाल गणेशबाट जनही रु १९ हजार ५५० रहेको प्रतिवेदनमा लेखिएको छ।
प्रकाशित मिति: २०२२-११-२९ , समय : १९:४०:४९ , २ वर्ष अगाडि