कनकाई भेट्रान कप : ट्राइवेकरमा विराटनगर लाई पाखा लगाउदै उर्लाबारी सेमिफाइनलमा

झापा एक्सप्रेस , २१५२८  पटक हेरिएको

“स्वास्थ्यकोलागि खेल र राष्ट्रकालागि खेल”भन्ने मूल नाराका साथ कनकाई भेट्रान क्लबको अायोजनामा झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा स्थित कनकाई माविको खेलमैदानमा जारी दोस्रो प्रदेश स्तरिय कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको दोस्रो दिन अाईतबार भएको खेलमा युनाईटेड भेट्रान क्लब बिराटनगर लाई पाखा लगाउदै उर्लाबारी भेट्रान क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको पहिलो हापको १४ अौं मिनेटमा उर्लाबारीका जर्सी नं. ६ का खेलाडी विनोद धिमालले गोल गर्दै अग्रता कायम गरेको खेलमा खेल प्रतिस्पर्धात्मक देखिए पनि पहिलो हापमा दुबै तर्फबाट अन्य कुनै गोल हुन सकेको थिएन । खेलको दोस्रो हाफको १० अौं मिनेट चलिरहदा बिराटनगरका जर्सी नं. ११ का खेलाडी निरबहादुर अालेले गोल गर्दै टिमलाई बराबरीका पुर्‍याउन सफल भएका थिए ।

निर्धारित समयमा एक एक गोलको बराबरी भएपछि खेल ट्राइवेकरमा धकेलिएको थियो । ट्राइवेकरमा दुबै टिमका पाँच पाँच खेलाडीले गोल हानिरहदा तीन तीन गोलको बराबरि भएपछि पुनः एकएक खेलाडीले गोल हानेका थिए । जसमा उर्लाबारीका खेलाडिले पहिले गोल हान्दै गोल गर्न सफल भएका थिए भने बिराटनगरका खेलाडीले हानेको गोल उर्लाबारीका गोल रक्षकले रोकेपछि उर्लाबारी विजयी बनेको हो । जित संगै उर्लाबारी सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलमा म्यान अफ दी म्याच बिजेता टिमका गोल रक्षक घोषित भए उनलाई अायोजक क्लबका अध्यक्ष श्याम राईले म्यान अफ दी म्याचको पुरस्कार हस्तान्तरण गरे ।

पहिलो पुरस्कारको राशि १ लाख १ हजार र दोस्रो पुरस्कारको राशि ६१ हजार, मेडल , ट्रफी र प्रमाण पत्र रहेको प्रतियोगितामा अायोजक टिम कनकाई भेट्रान क्लब सहित बिर्तामोड भेट्रान क्लब , दमक भेट्रान क्लब , दुधे भेट्रान क्लब , युनाइटेड भेट्रान क्लब बिराटनगर , उर्लाबारी भेट्रान क्लब , धरान भेट्रान क्लब , र चन्द्रगडी भेट्रान क्लब गरि ८ टिमको सहभागिता रहेको छ ।

पौष १६ गते सम्पन्न हुने प्रतियोगितामा भोलि सोमबारको खेल दमक भेट्रान क्लब र दुधे भेट्रान क्लब बिच हुने अायोजकले जानकारी गराएको छ ।

प्रकाशित मिति: २०२२-१२-२५ , समय : १९:३५:२३ , २ वर्ष अगाडि

error: Content is protected !!