सुचारु भयो कनकाई नगर अस्पतालमा स्थापना भएको अक्सिजन प्लान्ट

झापा एक्सप्रेस , १३८३९  पटक हेरिएको

झापा- कनकाई नगरपालिका –३ मा रहेको नगर अस्पतालमा नगरपालिका र दाताहरूको सहयोगमा स्थापना गरिएको अक्सिजन प्लान्ट सोमबार बाट सुचारु भएको छ ।

कनकाई नगरपालिकाले सोमबार अस्पताल परिसरमा अायोजना गरेकको विशेष कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले अक्सिजन प्लान्टको उद्घाटन गर्नु भएको हो ।

कोरोना कहरका वेला कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नो तलव भक्ताको रकम १० लाख दिएर नगरपालिकाले आफ्फै आफ्ना नागरिकलाई उत्पादित अक्सिजन वितरण गर्ने गरि अक्सिजन प्लाण्ट सुरु गर्न अभियान सुरु गर्नुभएको थियो । नगरप्रमुख पोखरेल यस अभियानका सबैभन्दा वढी रकम दान गर्ने दाता समेत बन्नुभएको छ । यस अभियानबाट कुल ५८ लाख ४३ हजार ४१३ रुपैँया दाताबाट सहयोग भएको र बाकी रकम नगरपालिकाबाट हालेर कुल १ करोड ६६ लाख ५ हजार ७०६ रुपैँयाको लागतमा यस प्लान्टको संचालनमा ल्याइएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।

सोही अवशरमा अक्सिजन प्लान्ट संचालन गर्न सहयोग गर्ने दातालाई समेत सम्मान गरिएको थियो । अक्सिजन प्लान्टको संचालन गर्न देश तथा विदेशका ११७ जना दाताले सहयोग गरेको नगरप्रमुख पोखरेलले बताउँनुभयो ।

कनकाई नगर अस्पतालमा संचालनमा आएको यस अक्सिजनबाट प्लान्टको सोमवारबाटै उत्पादन थालिएको छ । दैनिक १६० वटा सिलिन्डर भर्न सकिने यस प्लान्टबाट उत्पादित अक्सिजन कनकाई नगरवाशीका लागि भने निशुल्क प्रदान गरिने कनकाई नगर स्वास्थ्य प्रमुख खगेन्द्र दंगालले बताउँनुभयो । यहाँबाट उत्पादित अक्सिजन बिर्तामोड, दमक लगायातका अस्पतालमा वितरण गरिने बताइएको छ ।

नेपालमा स्थापना गरिएका अधिकांश प्लान्टहरु को अक्सिजन उत्पादन शुद्धता क्षमता ९३ प्रतिशत रहेको र कनकाईले स्थापना गरेको प्लान्टबाट ९५ प्रतिशत शुद्ध अक्सिजन उत्पादन हुने, नगरपालिकाले दावी गरेको छ । प्लान्टबाट अस्पतालको बेडसम्म सिधै अक्सिजन पुर्याउने व्यवस्था मिलाइएको छ ।
नगरले विगत बर्षमा पूर्वाधार विकासमा बढी ध्यान दिएको थियो, यस वर्षबाट मानवीय विकासको लागि काम गर्नु पर्छ भन्ने नगरको उद्धेश्य रहेको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद न्यौपानेले बताउँनुभयो । मानवीय विकास विनाको पूर्वाधार विकासको औचित्य नहुने भनेर नगरले स्वास्थ्य, शिक्षामा क्रमिक रुपमा प्राथमिक बजेट बनाउन थालेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउँनुभयो ।

कार्यक्रमको संचालन नगरपालिका स्वास्थ्य साखा प्रमुख खगेन्द्र दंगालले गर्नुभएको थियो भने स्वागत नगरपालिका उपप्रमुख आशाशर्मा शिवाकोटीले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२३-०१-०२ , समय : १९:०६:४९ , २ वर्ष अगाडि

error: Content is protected !!