झापा गाउँपालिका बाल सञ्जाल अध्यक्षमा मैनाली सर्वसम्मत

झापा एक्सप्रेस , १८९०५  पटक हेरिएको

शरणामती-झापाको झापा गाउँपालिका बाल सञ्जाल अध्यक्षमा निरन्जन मैनाली सर्वसम्मत चयन भएका छन् ।

गाउँपालिका बालअधिकार समितिका अध्यक्ष सागीरथप्रसाद गणेशको आथित्यता तथा झापा गाउँपालिका बालबालिका शाखा प्रमुख सञ्जु फागो,शिक्षा शाखा प्रमुख जिवनप्रसाद ढकाल ,प्रताब विश्वकर्मा ,अरुण गणेश लगायत बालबालिकाको उपस्थितिमा भएको भेलाले मैनालीको अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेको हो ।भेलाले उपाध्यक्षमा रयान अलि, सचिवमा कृष्टी सिटौला, सहसचिवमा अंकित पौडेल ,कोषाध्यक्षमा सल्मा खातुन र सदस्यहरुमा क्रमस युगेसकुमार यादव,उमेश मुर्मु,क्रिश्चल चम्लागाइ,अब्दुल सुहान,तुलसी तिवारी,बिक्रम मण्डल,तमन्ना थापामगरलाई सर्वसम्मत चयन गरेको छ ।समिति गठन गरीए सँगै समितिलाई सपथ ग्रहण समेत गराइएको छ ।

यस अघि तदर्थ समितिले झापा गाउँपालिकामा सातै वटा वडामा वडा समिति समेत गठन गरिसकेको छ ।अब आज बसेको भेलाले मूल समिति गठन गरेसंगै झापा गाउँपालिका बाल सञ्जालले पूर्णता पाएको छ ।

प्रकाशित मिति: २०२३-०१-०२ , समय : १९:४५:२९ , २ वर्ष अगाडि

error: Content is protected !!