झापा गाउँपालिका वडा नम्बर ५,६,७ मा रातको ९ बजे देखि हिडडुल गर्न नपाइने

झापा एक्सप्रेस , ४२५६९  पटक हेरिएको

झापा एक्सप्रेस।झापाको झापा गाउँपालिका वडा नम्बर ५,६ र ७ मा रातको ९ बजे देखि हिडडुल गर्न नपाइने भएको छ।

सोमबार सशस्त्र प्रहरीको बिओपी पन्थापाडामा बसेको भेलाले उक्त निर्णय गरेको हो।वडा नम्बर ५,६ र ७ का वडाध्यक्षहरु कृष्णप्रसाद राजबंशी,नविनकिशोर थापा,सखिचन्द्र ठाकुर,५ नम्बर वडासदस्य विजय राजबंशी,सशस्त्र प्रहरी नायव निरिक्षक अमृतबहादुर वरुवाल,प्रहरी सहायक निरिक्षक विरबहादुर भण्डारी,अनुसन्धान सहायक असोक राजबंशी लगायतको भेलाले स्थानीय स्तरमा रहेका मदिरा पसलहरु रातको ८.३० बजेबाट अनिवार्य रुपमा बन्द गरिनु पर्ने निर्णय गरेको छ।

भेलाले चोरी पैठारी,निकासी,अवैधरुपमा वढी रहेको हुँदा आज पुस २५ गते देखि अर्को सुचना जारी नभए सम्म रातको ९ बजेबाट टोल-टोल एवंम चोक-चोकमा भेला नहुने,हुल जत्था लिएर नहिड्ने ,यदी उक्त समय भन्दा पछि हिडडुल गरेको पाइएमा कारवाही प्रक्रिया अघि बढाउने समेत निर्णय गरेको वडाध्यक्ष नविनकिशोर थापाले बताए।अती आवश्यक काम बाहेक रातको ९ बजेबाट हिडडुल बन्द गर्ने निर्णय गरेको थापाले जानकारी दिए।

प्रकाशित मिति: २०२३-०१-०९ , समय : १९:३२:०१ , २ वर्ष अगाडि

error: Content is protected !!