न्यौपाने परिवारले दिए विद्यार्थीलाई न्यानो लुगा तथा शैक्षिक सामाग्री

झापा एक्सप्रेस , २९७२८  पटक हेरिएको

झापा-झापाको झापा गाउँपालिका-१ मा रहेको सालमारा प्राथमिक विद्यालयका विद्यार्थीलाई जाडोको न्यानो लुगा तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

आफ्ना स्वर्गिय आफ्न्तको स्मृतिमा न्यौपाने परिवारले विद्यार्थीलाई सहयोग गरेका हुन् । स्व. वेदनिधि न्यौपानेको ७ औं पुण्य तिथिको अवसरमा उनकी श्रीमती वेदमाया न्यौपानेले बिहिबार जाडोको न्यानो कपडा ज्याकेट वितरण गरेकी हुन् ।

स्व. वेदनिधिका छोराद्धय दुर्गा प्रसाद र खगेन्द्र न्यौपानेले बुबाको स्मृतिमा सामाजिक कार्य गरेका हुन् । उनीहरुको हाल कतारमा रहेका छन् ।

१ सय ९० जना विद्यार्थीलाई ज्याकेट तथा पेन्सील र कपी वितरण गरिएको न्यौपानेका आफन्त रन्जित गिरीले जानकारी दिए ।

नेपाली कांग्रेसका जिल्ला सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा झापा गाउंपालिकाका अध्यक्ष जयनारायण साह, उपाध्यक्ष अन्जुदेवी थपलिया, वडाध्यक्ष राजकुमार यादव, वडा सदस्य असमेरी खातुन, कमल बहादुर लिम्बु, कुमरखोद रेडक्रस सभापति सुन्दरलाल गणेश, सदस्य गिरीधारी सिंह, शिक्षक खड्ग प्रसाद राजवंशी, अमरसिंह प्रा.विका प्रधानध्यापक मयानन्द ठाकुर, शिक्षक प्रताप वि.क लगायतको उपस्थिति रहेको थियो ।

अघिल्लो बर्ष पनि न्यौपाने परिवारले यसरी नै सामुदायिक विद्यालयमा अध्धयनरत विद्यार्थीलाई सहयोग गरेका थिए ।

प्रकाशित मिति: २०२३-०१-१३ , समय : २०:३७:०० , २ वर्ष अगाडि

error: Content is protected !!