झापा र इलामका कानून व्यवसायीलाई साइबर अपराध सम्बन्धी प्रशिक्षण

झापा एक्सप्रेस , ५१३२९  पटक हेरिएको

भद्रपुर, १० माघ । झापा र इलामका कानून व्यवसायीहरुलाई साइबर अपराध सम्बन्धी प्रशिक्षण दिइएको छ ।

नेपाल बार एसोसिएसन झापा जिल्ला बार इकाई तथा इन्टरनेट गभर्मेन्स इन्स्टियुसनको आयोजना र नेपाल दूरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा एक दिवसीय साइबर अपराध र दूरसञ्चार सम्बन्धी प्रशिक्षण दिइएको हो ।

साइबर अपराध रोकथाम, नियन्त्रण र कानूनी उपचारका लागि सहजता ल्याउन प्रशिक्षण दिइएको झापा बारका कोषाध्यक्ष अधिवक्ता खरेन्द्र खरेलले जानकारी दिनुभयो ।

प्रशिक्षणमा झापा, इलामका कानून व्यवसायी, सरकारी वकिल, झापा जिल्ला अदालतका कर्मचारी, प्रहरी लगायत ८० जनाको सहभागिता रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा इन्टरनेट गभर्मेन्स इन्स्टियुसनका अध्यक्ष अधिवक्ता बाबुराम अर्याल तथा नेपाल दुरसञ्चार प्राधिकरणका उपनिर्देशक रेवतीराम पन्थले प्रशिक्षण सहभागीलाई प्रशिक्षण दिनुभएको थियो । अर्यालले नेपालमा साइबर अपराध, कानून र अभ्यासका बारेमा र पन्थले सूचना प्रविधि सम्बन्धी कानून, दूरसञ्चार ऐन लगायतका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

झापा बारका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बार एसोसिएसनका उपाध्यक्ष सुरज खत्रीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि खत्री, बरिष्ठ अधिवक्त दामोदार सापकोटा, हिरण्य अधिकारी, पूर्व अध्यक्ष नारायण भट्टराई, रोशनकुमार पोखरेल, झापा बारका यज्ञ अधिकारी, उपाध्यक्ष कमला आचार्य लगायत शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता कुलप्रसाद दाहाल, लेखनाथ निरौला, टंक उप्रेती, गजेन्द्र आचार्य, नेपाल बार एसोसिएनका पूर्व उपाध्यक्ष अशोककुमार पोखरेल, झापा बारका सल्लाहकार अमृतबहादुर बुढाथोकी, इलाम बारका अध्यक्ष तारानाथ पराजुली, एसोसिएन उच्च अदालत इलाम बार इकाइ अध्यक्ष उत्तम पौडेल लगायतको आतिथ्य रहेको थियो ।

झापा बारकी सचिव हेमकला कट्टेल स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सुवोदबाबु चिलवालले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२३-०१-२४ , समय : २०:५४:४९ , २ वर्ष अगाडि

error: Content is protected !!