झापा एक्सप्रेस , २०५७७ पटक हेरिएको
शरणामती।झापा गाउँपालिका वडा नम्बर ६ का ४३० किसानले नि:शुल्क सुर्यमुखी फूलको बिउ पाएका छन् ।करिव १ कठ्ठा क्षेत्रफलमा पुग्ने १ सय ग्राम बीउ नि:शुल्क पाएका हुन् ।
तेलमा आत्मनिर्भर बनाउने उदेश्यले बीउ वितरण गरिएको वडाध्यक्ष नविनकिशोर थापाले बताए।उनले किसानले राम्रो उत्पादन गरे अनुदानको दयरा समेत बढाउदै लैजाने बताए।
किसानलाई आत्मनिर्भर बनाउने उदेश्यमा गाउँपालिका रहेको उपाध्यक्ष अन्जुदेबी थपलियाले बताएकी छन् ।गाउँपालिकाले किसानको हितमा अधिकतम काम गर्दै आएको उनले बताइन।
बीउ हस्तान्तरणको औपचारिक कार्यक्रममा बोल्दै वडासदस्य फणीन्द्र खरेल कृषकलाई बीउ वितरणमा एक लाख बजेट छुट्याएको बताए।उनले ८० हजारको सुर्यमुखी ल्याएको र बाँकी २० हजारको तरकारीको बीउ बितरण गर्ने योजना रहेको छ।
प्रकाशित मिति: २०२३-०२-०३ , समय : ०८:०८:३२ , २ वर्ष अगाडि