Jhapa Express , ११०७९ पटक हेरिएको
शरणामती ।झापाको झापा गाउँपालिमा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा नरेन्द्रकुमार आङदम्बे अध्यक्षमा निर्वाचित भएका छन् ।
३० मतको अन्तरले दोस्रो कार्यकालका लागि निर्वाचित आङदम्बेले ३९५ मत प्राप्त गरेका छन् ।
आङदम्बेका प्रत्यासी रामप्रसाद उप्रेतीले ३६५ मत प्राप्त गरेका छन् ।यता उपाध्यक्षमा भने हस्तबहादुर बोहोरा(कुमार) निर्वाचित भएका छन् । उनले ४१२ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षको प्रत्यासीका रुपमा रहेका प्रेमप्रसाद गणेशले ३२० मत प्राप्त गरेका थिए ।त्यस्तै सचिव र कोषाध्यक्षमा क्रमशः रञ्जीता खड्काले ३५५ र गीता भण्डारीले ३९० मत प्राप्त गरी विजयी भएका छन् । प्रत्यासीका रुपमा रहेका रमादेवी कार्की र अञ्जना कार्कीले ३५४ र ३२० मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक केशब बजगाईले जानकारी दिए ।
यता टोल नं १,६ र ७ मा भने क्रमस सकलदेव हलुवाई,प्रेमबहादुर कार्की र धर्मप्रसाद घिमिरे विजयी भएका छन् ।उनीहरुले क्रमस ९१,४४ र ४५ मत प्राप्त गरेका थिए।उनीहरुका प्रत्यासी दिप श्रेष्ठ,तोमप्रसाद पनेरु र हिमादेवी प्रसाईले क्रमस ८७,२१ र ३३ मत प्राप्त गरेका छन् ।
हिजो सुक्रबार बेलुका ७ बजेदेखि सुरु भएको मत गणना बिहान १.३० बजे सम्पन्न भएको हो । वन समूहका ८ सय ७० मतदाता रहेको निर्वाचनमा ८ सय १ मत खसेको निर्वाचन समितिका संयोजक बजगाईले बताए ।
प्रकाशित मिति: २०२२-०२-२७ , समय : ०७:५७:२६ , ३ वर्ष अगाडि