झापा एक्सप्रेस , २०९९७ पटक हेरिएको
शरणामती –झापाको झापा गाउँपालिकामा तेह्रौं गाउँसभा सुरु भएको छ .
गाउँसभा सुरु गर्दै सभाध्यक्ष जयनारायण साहले तेह्रौं गाउँसभाको पहिलो बैठक प्रारम्भ गर्नु भएको छ .बैठक प्रारम्भ गर्दै सभाध्यक्ष साहले गत असार १० गते बाह्रौ गाउँसभाले ल्याएको ५० करोड ८१ लाख ५३ हजार ५ सयको बजेटमा हाल सम्म चालुतर्फ ३६.७६% तथा पुँजीगत तर्फ २६.१८% खर्च भएको बताउनु भयो.
शिक्षा तर्फ जनता माध्यमिक विद्यालयलाई नमुना क्याम्पसका रुपमा संचालनका लागि प्रक्रिया समेत अघि बढेको उल्लेख गर्दै सबै विद्यालयमा इन्टरनेट सेवा विस्तार,कम्प्युटर सुविधा सहित प्रविधीमैत्री शिक्षण क्रियाकलाप संचालन गरिएको साहले बताउनु भयो.उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत हाल सम्म ५० जनालाई रोजगार दिएको बताउनु भयो.त्यस्तै जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा तर्फ,व्याक्तीगत घटना दर्ता तर्फ,पूर्वाधार विकास तर्फ,लघुउद्दम विकास कार्यक्रम तर्फ,कृषि तथा पशु विकास तर्फ,स्वास्थ तर्फ,सस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ र ऐन नियम तथा कानु तर्जुमा तर्फ उल्लेखनीय विकास गरेको साहले बताउनु भयो.
तेह्रौं गाउँसभा सुरु भएकै दिन उपाध्यक्ष अन्जुदेवी थपलियाले झापा गाउँपालिकाको विनियोजन ऐन २०७९ मा पहिलो पटक संसोधन गर्न बनेको विनियोजन विधेयक प्रस्तुत गर्दै विभिन्न शिर्षकका बजेटलाई रकमान्तर गर्दै अन्य शिर्षकमा खर्च गर्ने प्रस्ताव पेश गर्नु भएको छ .
प्रकाशित मिति: २०२३-०२-१३ , समय : १९:५७:३४ , २ वर्ष अगाडि