महा शिवरात्रीमा झापा बजारमा धार्मिक मेला

झापा एक्सप्रेस , ३०६२५  पटक हेरिएको

शरणामती –झापाको झापा गाउँपालिका वडा नम्बर ४ स्थित पुरानो सदरमुकाम झापा बजारमा रहेको शिवालय मन्दिर परिसरमा ७ दिने धार्मिक मेला लाग्ने भएको छ.महा शिवरात्रीको अवसरमा ४८ घण्टे अष्ठजामका साथै ७ दिने रमाइलो मेला आयोजना गरिन लागिएको हो.

फागुन ४ गते देखी सुरु हुने रमाइलो मेलामा धार्मिक अनुष्ठानका साथै रमाइलो गर्न समेत पाइने भएको महाशिवरात्री मेला समितिका संयोजक राजुजंग भारतीले बताउनु भयो.रमाइलो मेलामा रोटेपिंगका साथै बच्चालाई खेलाउने सामग्री समेत राखिने भएको छ.भारतीले रमाइलो तथा धार्मिक मेलामा सम्पूर्ण महानुभावलाई प्रसाद ग्रहण साथै रमाइलो गर्न आउँन समेत आग्रह गर्नु भएको छ .

यतीखेर मेलाको तयारीमा शिवालय मन्दिर धमाधम सिगारिदैछ .मन्दिरको अगाडी रहेको खुल्ला प्रांगणमा तयारी धुमधामका साथ हुदैछ.

झापा बजारमा रहेको यस शिवालय मन्दिर धेरै पुरानो रहेको स्थानीयको भनाई छ.शिवालय मन्दिर कहिले बनियो भन्ने एकिन साल थाहा नभए पनि १९९५ साल तिर यहाँ स्थापना गरिएको हुने बुढापाका बताउछन.झापा जिल्लाको पुरानो सदरमुकाम झापा बजार हुँदा पनी यो मन्दिर यही रहेको थियो.

प्रकाशित मिति: २०२३-०२-१३ , समय : २०:४०:५५ , २ वर्ष अगाडि

error: Content is protected !!