कनकाईका युवाहरुद्वारा मन्दिर निर्माण

झापा एक्सप्रेस , ३८८६३  पटक हेरिएको

कनकाई-महाशिवरात्रीको अवशर पारेर यहाँस्थित कनकाई नगरपालिका ४ का शिवशनी परोपकार संस्थाका युवाले १५ लाखको लागतमा गाउँमै शिवालय मन्दिर निर्माण गरि शिवरात्रीको अवशर पारेर मन्दिर उद्घाटन र शिव मुर्तिलाई प्राण प्रतिष्ठा समेत गरेका हुन ।

युवा समुदायले स्थानीय कनकाई माविको ५ कठ्ठा जमिनलाई घेराबारा गरि सुन्दर मन्दिर र फुलवारी निर्माण गरेका हुन ।
निर्माण गरिएको मन्दिरलाई झापा क्षेत्र नम्बर ४ का सांसद एलपीसाँबा लिम्बु, पुर्व प्रदेशका कृषि मन्त्री हिराकुमार थापा, सताक्षीधाम गौशालाका नन्दकिशोर भारद्धाज, कनकाई नगरपालिका ४ का वडाअध्यक्ष रोषन सुवेदी, कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली लगायातले मन्दिरको उद्घाटन गर्नुभयो । मन्दिरको उद्घाटन गर्नुअघि युवाद्धारा मन्दिरमा मुर्तिको ३ दिनसम्म पुजाआजाका साथ प्राण प्रतिष्ठा समेत गरिएको थियो ।

पछिल्लो समय युवा समुदाय धर्मसस्कृति भन्दापनि विकृति र कुलतमा फसिरहेको कारण आफुहरुले गाउँमा युवालाई सत्कर्ममा लगाउनका लागि गाउँमै मन्दिर निर्माण र धर्म सस्कृतिको जर्गेनामा लागिपरेको शिवसनी परोपरकार संस्थाका अध्यक्ष तुलाराज विश्वकर्माले बताउँनुभयो । युवालाई रङ्गशालाका माध्यमबाट खेल र मन्दिरका माध्यमबाट आध्यात्मिक विचारसग जोडने र देशकै नमुना क्षेत्र आफुहरले बनाउन चाहेको विकले बताउँनुभयो । यस क्षेत्रका ५० वढी युवाहरु यस परोपकारी काममा जोडिएका छन । युवाकै पहलमा धार्मिक र खेलकुदका गतिविधिहरु गाउँमा संञ्चालन भइरहेको छ । युवा समुदायको पहलमा शिवपाञ्चायन मन्दिरको प्राण प्रतिष्ठाका लागि ३ दिने अनुष्ठान र कलश यात्रा समेत गरिएको थियो ।

मन्दिर उद्घाटन गर्दै झापा क्षेत्रनम्बर ४ का सांसद एलपीसाँबा लिम्बुले युवाको सत्कर्मका माध्यमबाट भावी पुस्तालाई सहि मार्गमा हिडाउनका लागि मद्धत मिल्ने विश्वास व्यक्त
गर्नुभयो । विकास भनेको बाटो निर्माण र भवन निर्माण मात्रै नभएको भन्दै युवाको यस सत्कर्मले विकास र समृद्धिका लागि ठुलो काम गरेको सांसद साँबाको भनाई थियो ।सोही अवशरमा मन्दिर निर्माणका लागि सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो ।

केहिबर्ष पहिलेसम्म कनकाई ४ को इलुवारी क्षेत्रलाई अकै हिसाबले हेर्ने गरिएकोमा यस क्षेत्रका युवा तुलाराज बिक लगायातका युवा समुहले यस क्षेत्रमा खेल मैदान र शिवालय मन्दिर लगायातका सामाजिक विकास निर्माण गरेसगै यस क्षेत्रको मुहारै फेरिएको छ ।

प्रकाशित मिति: २०२३-०२-२१ , समय : ०७:४५:१० , २ वर्ष अगाडि

error: Content is protected !!