झापा एक्सप्रेस , २३४४९ पटक हेरिएको
युवराज रेग्मी
गौरादह /गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिको हिजो मंगलबार सम्पन्न निर्बाचनको अध्यक्ष पदमा नगेन्द्र कार्की( नरेश ) बिजयी भएका छ्न ।
आज बुधबार बिहान सम्पन्न मतगणना अनुसार कुल ३४१२ मतदाता मध्ये २०५६ मतदाताहरु मतदान कार्यमा सहभागी भएका थिए ।जसमध्ये १००६ मत ल्याएर कार्की अध्यक्ष पदमा बिजयी भएकाहुन । उनी सस्थाको अघिल्लो कार्यकालका उपाध्यक्ष हुन ।उनका निकट्तम प्रतिद्वन्द्वी कृष्ण प्रसाद बाँस्कोटाले कुल ७९५ मत ल्याएका छ्न । बास्कोटाले उक्त सस्थामा एक कार्यकाल लेखा सदस्यमा काम गरिसकेका उम्मेद्वार हुन ।त्यसैगरी सचिव पदमा जगत अधिकारी १०६३ मत ल्याएर सचीव पदमा बिजयी भएका छ्न ।
अधिकारिका प्रतिस्पर्धी पुण्यप्रसाद सिग्देलले कुल ७३८मत प्राप्त गरेकाछ्न ।लेखा समिति संयोजकमा किशोरकुमार पौडेल ११४८ मत ल्याएर बिजयी भएकाछन । उनका प्रतिस्पर्धी तिलकदास तिमल्सिनाले ५४९ मत प्राप्त गरेकाछ्न ।
त्यसैगरी लेखा सदस्यहरुमा रुद्रप्रसाद धमला ९४० मत र नारायण काफ्ले ८४६ मत प्राप्त गरेर बिजयी बन्न सफल भएकाछ्न ।त्यसैगरी लेखा सदस्यपदका मेनुका डाँगीले र सुदिप खड्काले ६६२/६६२ मत प्राप्त गरेका छ्न ।
खुल्ला सदस्यहरुमा कुशहरि दाहाल ११४० मत ,बिरेन्द्र बस्नेत१०४० मत ,सीताकुमारी बुढाथोकी ८३६ मत ,रमेशकुमार थापा ८२६ मत र लिला बहादुर कार्कीले ८२६ मत ल्याएर बिजयी भएकाछ्न । साथै सदस्यहरु देबेन्द्र खड्काले ८१५मत,दुर्गाप्रसाद अधिकारीले ७२९मत ,बेणु काफ्लेले ६७१मत ,धनपति भट्टराईले ५११मत र होमप्रसाद उप्रेतीले ५१०मत प्राप्त गरेकाछ्न ।
महिला सदस्यहरुमा मन्दिरा खड्काले १०८९मत ,कौशिला कट्टेल १०६९मत ,मुना संग्रौला ९८७ मत र गोमा कडरियाले ९७२ मत ल्याएर बिजयी भएकाछ्न । त्यसैगरी महिला सदस्यहरु पवित्रा आचार्यले ७९८ मत र जमुना राजवंशीले ६९६ मत प्राप्त गरेकाछन ।
प्रकाशित मिति: २०२३-०२-२२ , समय : १८:०३:२८ , २ वर्ष अगाडि