झापा -१ मा भुमिहिन नागरिकका लागि मिलनबस्तीमै पुग्यो वडा कार्यालय

झापा एक्सप्रेस , २६३६८  पटक हेरिएको

शरणामती।झापा गाउँपालिका वडा नम्बर १ ले भुमिहिन दलित सुकुम्बासी/सुकुम्बासी र अव्यवस्थित नागरिकहरुको फाइल अध्यावधिक गर्न वडा शिविर सुरु गरेको छ।झापा -१ को मिलनबस्तीमा गएर वडाले फाइल अध्यावधिक गर्न थालेको हो।

ह्याविटेड नेपाल,साहारा नेपाल र गाउँपालिकाको त्रीपक्षिय सहजीकरणमा कार्यक्रम थालिएको सचिव नारायणकुमार चम्लागाईंले बताउनुभयो।आज मंगलबार मिलनबस्तीका ३३ घर परिवारको फाइल अध्यावधिक गरिएको चम्लागाईंले जानकारी दिनुभयो।

मिलनबस्तीमा अधिकांस सन्थाल परिवारको बसोबास रहेको छ।यसरी वडा कार्यालयनै सम्बन्धित ठाउँमा गएर भुमिहिनका लागि फाइल तयार गर्न थालेपछी यहाँका बासिन्दा हर्षित बनेका छन् ।

यस अघि भुमिहिन नागरिकले आफैले वडामा आएर फाइल तयार गर्दा ८५% गलत भरिएको थियो।फाइल गलत भएपछी वडा कार्यालयले बस्तीमै गएर सहजिकरण गरेको हो।

प्रकाशित मिति: २०२३-०२-२८ , समय : २०:२९:२८ , २ वर्ष अगाडि