कनकाई महिला फुटबल-भद्रपुर सेमिफाइनलमा

झापा एक्सप्रेस , १६०९६  पटक हेरिएको

कनकाई-खेलकुद प्रतिष्ठानको अायोजना तथा कनकाई नगर खेलकुद विकास समितिको सह अायोजनामा झापाको कनकाई स्थित कनकाई माविको खेलमैदानमा जारी सातौं जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको शनिवार भएको चौथो दिनको खेलमा चारपानेलाई हराउदै भद्रपुुर सेमिफाइनलमा प्रवेश गरेको छ ।

भद्रपुर महिला फुटबल क्लब र एकता महिला फुटबल क्लब चारपाने बीच भएको प्रतिस्पर्धामा भद्रपुरले चारपानेलाई ४ गोल गर्दै विजयी बनेको हो ।

जितको लागि भद्रपुरकी जर्सी नं. ११ की खेलाडी एलिना लिम्बूले खेलको २७ अौं मिनटमा र ५५ अौं मिनटमा गोल गरिन तेस्तै जर्सी नं. २७ कि अर्की खेलाडी पुर्णिमा राईले खेलको ३७ अौं मिनटमा र जर्सि नं. ८ कि रितिका थापाले ५३ अौं मिनटमा गोल गर्दै भद्रपुरलाई ४ – ० गोल अन्तरले अग्रता दिलाइन । शुरुवाती चरणवाटै दबाबमा रेहेको एकता महिला फुटबल क्लब चारपानेका तर्फबाट खेल अवधि भर कुनैपनि गोल हुन नसके पछि भद्रपुर ४ – ० गोल अन्तरले विजयी भएको हो ।

खेलमा प्लेयर अफ दि म्याच २ गोल गर्दै उत्कृष्ट खेल प्रदर्शन गरेकी भद्रपुरकी जर्सी नं. ११ कि खेलाडी एलिना लिम्बू घोषीत भइन । उनलाई कनकाई ३ निवासी उद्यमी ,व्यवसायी बिरेन्द्र प्रकाश मैनालिबाट प्राप्त भएको प्लेयर अफ दि म्याचको पुरस्कार नगद २ हजार कनकाई खेलकुद प्रतिष्ठानका सल्लाहकार टीका प्रसाद लामिछानेले हस्तान्तरण गरे ।

प्रतियोगितामा भोलि अाइतबारबाट सेमिफाइनल चरणको खेल शुरु हुने अायोजक संस्थाका उपाध्यक्ष हरि कार्कीले जानकारी गराए ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २४ गते समापन हुने प्रतियोगिताको समापन समारोहमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले बताए ।

प्रतियोगितामा प्रथम हुनेले नगद ७५ हजार , दोस्रो हुनेले नगद ५० हजार पुरस्कार साथै दुबै टिमले शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन । त्यसैगरी विधागत तर्फ उत्कृष्ट गोल किपर , सर्वाधिक गोल कर्ता र प्लेयर अफ द सिरिजले जनही ३ हजार प्राप्त गर्ने प्रतिष्ठानकी उपाध्यक्ष अम्बिका खरेलले जानकारी दिईन ।

प्रकाशित मिति: २०२३-०३-०४ , समय : १८:४२:०१ , २ वर्ष अगाडि

error: Content is protected !!