झापा एक्सप्रेस , १६९४७ पटक हेरिएको
कनकाई-खेलकुद प्रतिष्ठानको अायोजना तथा कनकाई नगर खेलकुद विकास समितिको सह अायोजनामा झापाको कनकाई स्थित कनकाई माविको खेलमैदानमा जारी सातौं जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको सोमबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भद्रपुरलाई पाखा लगाउदै जुनतारा फाइनलमा प्रवेश गरेको छ ।
भद्रपुर महिला फुटबल क्लवलाई ५—० को गोल अन्तरले पछि पार्दै जुनतारा महिला फुटबल क्लव खुदुनाबारीले फाइनलको यात्रा तय गरेको हो ।
जितको लागि जुनताराकी जर्सी नं. १९ की खेलाडी रचना राईले क्रमशः खेलको २ मिनट , ३४ मिनट र ५१ अौं मिनेटमा गोल गर्दै ह्याटि्रक गरिन । त्यसैगरी जर्सी नं. ५ की खेलाडी वर्षा पुलामी मगरले खेलको ५ औं मिनटमा र जर्सी नं. ८ कि खेलाडी जेनीसा मगरले खेलको ३० अौं मिनटमा एक/एक गोल गर्दा जुनतारा संग शुरुवात बाटै दबाबमा रहेको भद्रपुरले कुनै पनि गोल फर्काउन नसकेपछि भद्र्पुरलाई ५ – ० गोल अन्तरले पराजित गर्दै जुनतारा विजयी बनेको हो ।
प्रतियोगितामा ह्याटि्रक गोलकर्ता जुनतारा महिला फुटबल क्लव खुदुनाबारीकी जर्सि नं. १९ कि खेलाडी रचना राई प्लेयर अफ द म्याच घोषीत भएको कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवी थपलियाले बताए । उनलाई कनकाई ३ निवासी उद्यमी ,व्यवसायी बिरेन्द्रप्रकाश मैनालीबाट प्राप्त भएको प्लेयर अफ दि म्याचको पुरस्कार नगद २ हजार कनकाई खेलकुद प्रतिष्ठानका निवर्तमान अध्यक्ष दिनानाथ खतिवडाले हस्तान्तरण गरे ।
फागुन २४ गते बुधबार अन्तर्राष्ट्रिय नारी दिवसको दिन हुने फाईनलखेलमा अायोजक टिम कनकाई महिला फुटबल क्लब र जुनतारा महिला फुटबल क्लब खुदुनाबारी विच हुने कनकाई खेलकुद प्रतिष्ठानकी सचिव मान्ता खरेलले जानकारी गराईन ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २४ गते सम्पन्न हुने प्रतियोगिताको समापन समारोहमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका उपाध्यक्ष हरिकुमार कार्कीले जानकारी दिएका छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ७५ हजार , दोस्रो हुनेले नगद ५० हजार पुरस्कार साथै दुबै टिमले शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन । त्यसैगरी विधागत तर्फ उत्कृष्ट गोल रक्षक ,सर्वाधिक गोल कर्ता र प्लेयर अफ द सिरिज लाई जनही नगद ३ हजार प्रदान गरिने प्रतिष्ठानकी कोषाध्यक्ष चित्रा श्रेष्ठले वताइन ।
प्रकाशित मिति: २०२३-०३-०६ , समय : २०:००:५१ , २ वर्ष अगाडि