हात्तीपाइलेको औषधि खाएको पनि कार्ड !

झापा एक्सप्रेस , १२२७९  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिकामा हात्तीपाइले रोग अझै नियन्त्रणमा आउन सकेको छैन । हात्तीपाइले रोगविरुद्धको निःशुल्क औषधि खुवाउने कार्यक्रम ११ औँ पटक सञ्चालन भए पनि रोग नियन्त्रण नभएको हो ।

अभियानको क्रममा औषधि घरमा खाने भन्दै लैजाने तर नखाने तथा मुखमा राखे पनि ननिल्ने गर्दा रोग नियन्त्रणमा कठिन भएको स्वास्थ्य चौकी कुमरखोदका प्रमुख श्याम कुमार न्यौपानेले जानकारी दिए ।झापा गाउँपालिकाको सिमा क्षेत्रमा पर्ने वडा नम्बर एक र दुईमा हात्तीपाइले रोगका बिरामी बढी छन् ।

वडा १ र २ मा धार्मिक मान्यता, औषधिको साइड इफेक्ट हुने जस्ता डरले औषधि खान तयार नहुँदा समस्या भएको छ । सो क्षेत्रमा अनिवार्य औषधि सेवनको लागि कुमरखोद स्वास्थ्य चौकीले वडा सँग समन्वय गरी हात्तीपाइले रोगविरुद्धको औषधि खाएको कार्ड बनाउन थालिएको न्यौपानेको भनाइ छ ।

कोरोनाको खोप कार्ड जस्तैं स्थानीयलाई सार्वजनिक सेवा प्राप्तको लागि हात्तीपाइलेको औषधि सेवनको कार्ड अनिवार्य गर्ने तयारी भएको उनको भनाइ छ । गत बर्ष गाउँपालिकामा अन्तिम पटक भनेर अभियान चलाए पनि परीक्षण गर्दा फेरि अभियान सञ्चालन गर्नु पर्ने देखिएको हो ।यस अभियान २८ फागुनदेखि सन्चालित छ।

गत बर्ष औषधि खुवाएको ६ महिनापछि स्वस्थ्य मन्त्रालयको टोलीले सर्वेक्षण गरेको थियो ।झापा गाउँपालिकामा औषधि खुवाएपछि सर्वेक्षण गर्दा फेरि २.५% मा परजिवी पहिचान भएपछि हात्तीपाइले रोग निवारण गाउँपालिका घोषणा गर्ने लक्ष्य स्थगित बन्यो ।

 

प्रकाशित मिति: २०२२-०३-१८ , समय : ०७:०५:३४ , ३ वर्ष अगाडि

error: Content is protected !!