स्ववियु निर्वाचन-विद्यार्थीको हितका लागि ढकालको उम्मेदवारी

झापा एक्सप्रेस , १३६१८  पटक हेरिएको

झापा-विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन त्रिवि कार्यकारी परिषद्ले गत पुस २२ गते आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । यस्तै कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ।

यसै निर्वाचनमा कनकाई बहुमुखी क्याम्पस कनकाई नगरपालिका-३ झापाबाट कोषाध्यक्ष पदका लागि प्रतिक
ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।सानै देखि तृष्ण र पढाइमा जेहन्दार ढकाल नेपालमा असल शिक्षा नीति ,मौलिक स्वर र विद्यार्थीको पहिचान स्थापित गर्न चाहान्छन।

पिता खेमराज ढकाल र माता कल्पना उप्रेती ढकालको कोखबाट वि.सं. २०५७ साल कार्तिक २९ गते जन्मेका प्रतिक ढकाल विद्यार्थीको हकहितमा आवाज बुलन्द बनाउन चाहान्छन।

काठमाण्डौ स्थित जिलेट अन्तर्राष्ट्रिय अंग्रेजी माध्यमिक विद्यालय देखि कक्षा ५ सम्म प्रावि तहको अध्ययन गरेका ढकालले ७ कक्षा सम्म अमृत अंग्रेजी बोर्डिङ स्कुल इलाममा अध्ययन गरेका थिए।कक्षा ८ देखि १० सम्म लक्ष्मी आदर्श माध्यमिक विद्यालय इलाममा अध्ययन गरे।११ र १२ कक्षा क्यारिबन कलेज मानभवन ललितपुरबाट विज्ञान संकायमा उत्तिण गरेका ढकालले हाल स्नातक तहको अध्ययन कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाबाट गर्दैछ्न।हाल उनी मानविकी संकायमा तेस्रो वर्षमा छन् ।मेजर अंग्रेजी छनौट गरेर अध्ययन गरेका ढकाल विद्यार्थीमैत्री कनकाई क्याम्पस बनाउने अभियानमा छन् ।

कनकाई बहुमुखी क्याम्पसमा विद्यार्थीले अध्ययन शुल्क सँगै तिर्ने अन्य शुल्क जस्तै पुस्तकालय,स्वास्थ्य ,खेलकुद आदीको शुल्क बमोजिमको सुविधा दिलाउने उदेश्यका साथ ढकालले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएका छन् ।विद्यार्थीमा आएको समस्याको दीर्घकालीन सावधान खोज्दै सुविधा नितिलाई दीर्घकालीन बनाउने उदेश्यमा ढकाल छन् ।

विद्यार्थीको अतिरिक्त कृयाकलापलाई चुस्त दुरुस्त राख्न संवन्धित निकायसँग समन्वय गरि चुस्तदुरुस्त राख्ने ढकालको सोच रहेको छ।विभिन्न सिपमुलक तालिमको योजना ल्याएर विद्यार्थीहरुको अधिकतम हितमा काम गर्ने ढकालको संकल्प रहेको छ।उनले प्रगतिशील स्वतन्त्र राजनीति सिद्धान्त लिएर वैकल्पिक शक्तीको निर्माण गर्ने,प्रशासनलाई निरन्तर खबरदारी गर्ने,उर्जावान शिक्षक भित्राउन पहल गर्ने,विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै प्राथमिक स्वास्थ्य,सेनटरी प्याड,क्यान्टिन मेनेजमेन्ट लगायतमा ध्यान दिने जस्ता कार्य गर्ने प्रतिवद्दता गरेका छन् ।

ढकालको उम्मेदवारी संकाय अनुसार शैक्षिक भ्रमण गर्न लागाउने,शिक्षिक संस्था र स्ववियुका सम्पुर्ण गतिविधी पारदर्शी बनाउन र सुझाब पेटीमा आएका सुझाबहरुको मनन गर्दै कार्यान्वयन गर्न गराउन समेत रहेको ढकालले बताएका छन् ।

विद्यार्थीहरुको बृहतर हितका लागि ढकाल कोषाध्यक्ष पदमा निर्वाचित होलान नहोलान यो त आगामी चैत्र ५ गतेको निर्वाचन परिणामले देखाउनेछ।

प्रकाशित मिति: २०२३-०३-१३ , समय : ०९:२६:५८ , २ वर्ष अगाडि

error: Content is protected !!