सहारा नेपाल साकोसले प्रदान गर्यो मृतक परिवारलाई राहत स्वरुप रु १ लाख

झापा एक्सप्रेस , ३७३३०  पटक हेरिएको

कमल प्रसाई
सहारा नेपाल साकोस केर्खा सेवाकेन्द्र अन्तरगतका सदस्य गङ्गा कुमारी खवासको श्रीमान सन्जय खवासको मृत्युमा संस्थाले आज एक कार्यक्रमका बीच नगद रु १ लाख सदस्यलाई प्रदान गरेको छ ।

केही समय अगाडी सन्जय खवासको फोक्सो तथा पेट सम्बन्धि रोगको कारणले मृत्यु भएको थियोे । संस्थामा सदस्यले कर्जा स्वरुप रु १ लाख ऋण लिनु भएको थियो । संस्थाको कर्जा सुरक्षण कार्यक्रम अन्तरगत सदस्य वा सदस्यको श्रीमानको जसको मृत्यु भए पनि जति कर्जा लिएको छ सो सम्पुर्ण मिनाहा हुने गरेको छ, सोही कार्यक्रम अन्तरगत आज एक कार्यक्रम गरि संस्थाका सेवा केन्द्र सहयोग उपसमितिका सदस्य उर्मिला रिजालले उक्त रकम हस्तान्तरण गर्नु भएको हो।

प्रकाशित मिति: २०२३-०३-२२ , समय : २०:१४:१७ , २ वर्ष अगाडि

error: Content is protected !!