झापा एक्सप्रेस , ३०९७३ पटक हेरिएको
शरणामती-झापाको झापा गाउँपालिकामा आज आइतबार सम्पन्न भएको “सुरक्षित वैदेशिक रोजगार प्रवर्धन तथा मानव बेचविखन विरुद्दको कार्यशाला गोष्ठी “मा स्थानीय सरकार र सरोकारवाला निकायहरुले वैदेशिक रोजगारी र मानव बेचबिखन रोकथामका लागी प्रतिवद्दता गरेका छन् ।मिसियो जर्मनीको आर्थिक सहयोग तथा झापा गाउँपालिकाको समन्वय एवंम कारितास नेपालको आयोजनामा सम्पन्न भएको गोष्ठीमा सो प्रतिवद्दता गरेका हुन् ।
झापा -४ स्थित डिल्लीराज माविको सभाहलमा कारितास नेपालका प्रादेशिक प्रवन्धक देवेन्द्र पोखरेलको अध्यक्षता र झापा गाउँपालिका प्रमुख जयनारायण साहको प्रमुख आतिथ्यतामा भएको कार्यशाला गोष्ठीमा प्रशिक्षक शैक्षिक यात्री अर्जुन भट्टले जीवनका चक्र र परिस्थितीमा जीवन जिउन रोजगारी खोज्दै हिड्नु परेको र यसले गर्दा ठग्ने र ठगिनेको जमात बढेको बताउनु भयो ।“मानिसको जिन्दगीमा विभिन्न जीवन छन्,पारिवारिक जीवन ,व्यक्तीगत जीवन,सामाजिक जीवन र पेशागत जीवन ।मानिसका चाहाना असिमित छन् ।यीनैलाई पुरा गर्न मानिस अचेल मान्छेलाई मान्छेले बेच्न थालेको छ ।“भट्टले प्रशिक्षणका क्रममा भन्नुभयो ।जे आफुसँग छ त्यसैमा सन्तोष गरेर सफलता तिर बढ्दै जानुनी आध्यारोबाट उज्यालो तर्फ बढ्नु हो “।
कारितास नेपालका बरिष्ठ सामाजिक परिचालक विवेक सिवाकोटीले संचालन गरेको गोष्ठीमा परियोजना अधिकृत हिमालय अधिकारीले स्वागत गरेका थिए ।कार्यशाला गोष्ठीमा गाउँपालिकाका उपाध्यक्ष,वडाध्यक्षहरु ,वडासदस्यहरु ,सरोकारवाला व्यक्तीहरु,सुरक्षा निकायका प्रमुखहरु लगायत ६० जनाको उपस्थिती रहेको थियो ।
“सुरक्षित वैदेशिक रोजगार प्रवर्धन तथा मानव बेचविखन विरुद्दको कार्यशाला गोष्ठी “मा स्थानीय सरकार र सरोकारवाला निकायहरुले गरेका प्रतिवद्दता यसपक्रार छन्
प्रकाशित मिति: २०२३-०३-२६ , समय : १६:५७:४२ , २ वर्ष अगाडि