झापा एक्सप्रेस , २६४९० पटक हेरिएको
सांकेतिक तस्बिर
कपिलवस्तु । दाउराको चिर्पट प्रहार गरेर आफ्नो बाबुको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको बुद्धभूमि नगरपालिका-१ बाबाकुटी बस्ने २३ वर्षीय जिवन केसीले आफ्ना बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिवनले दाउराको चिर्पट प्रहार गर्दा नारायणको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०३-२६ , समय : १७:२५:१२ , २ वर्ष अगाडि