अर्जुनधारामा फुटसल सुरु

टिकाराम बास्तोला , १६७९८  पटक हेरिएको

झापा-झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ को गमस्त चोकमा गमस्त स्पोटस हवमा फुटसल शुरू भएको छ। २.५ विगाहमा खेलकुद सम्बन्धी( फुटसल , स्विमिंग पुल, कबड् हल) लगायत खेलकुद हवको सुरूवात भएको छ।

युवा खेलाडीको उत्पादनदन तथा शारीरिक,मानसिक स्वास्थ्यमा योगदान पुर्याउनको लागि र संगसगै फुटबल खेलाडी उत्पादनका लागी स्पोटस हव को सुरूवात भएको ब्यब्स्थापक अजय कार्कीले बताए, स्थानिय लोक बहादुर कार्की र कमल आचार्य को एक करोड भन्दा ज्यादा लगानीमा शुरूवात गरिएको उद्धमी कार्कीले बताउनु भएको छ।

आज बाटै औपचारिक रूपमा स्पोटस हवमा फुटसल शुरू भएको छ। फुटसलमा समय तालिका अनुसारको खेलरेट रहेको छ। जसमा न्युनतम १ हजार देखी १५ सय शुल्क लाग्ने व्यवस्थापक कार्कीले बताउनु भयो! फुटसलमा आर्दश स्कुल अफ म्यानेजमेन्ट बिर्तामोड र मैदान फूटबल एकेडेमी बिच मात्रैपुर्ण फुटसल म्याच बाट औपचारिक सुरूवात भएको हो। औपचारिक खेलमा मैदान फूटबल एकेडेमी विजयी भएको थियो। उक्त मैत्रीपुर्ण खेलबाट युवामा खेलप्रति सकारात्मकता वृद्धि हुने कुरा आदर्श स्कुल अफ म्यानेजमेन्ट का डाइरेक्टर सन्जोग खरेलले बताउनु भयो!फुटबल प्रशिक्षक दिपेश खतिवडाले यश क्षेत्र मै नयाँ आयाम शुरु भएको बताउनु भयो।फुट्सल लाई प्राविधि मैत्री बनाउन फुट्सलले अनलाइन बुकिङ र अनलाइन मै पैसा भुक्तानी गर्न समेत सकिने कुरा व्यवस्थापक अजय कार्कीले बताए!,साथै आगामी दिनमा स्पोर्ट्स हबमा ब्यबस्थित क्याफे पनि संचालन गर्ने कुरा ब्यबस्थापक अजय कार्कीले बताउनु भयो।

प्रकाशित मिति: २०२३-०३-३० , समय : २०:३४:२८ , २ वर्ष अगाडि

error: Content is protected !!