झापा एक्सप्रेस , १३८६८ पटक हेरिएको
शरणामती –झापाको कनकाई नगरपालिकामा “सुरक्षित वैदेशिक रोजगार प्रवर्धन तथा मानव बेचविखन विरुद्दको कार्यशाला गोष्ठी “ सम्पन्न बहेको छ ।कारितास जापानको आर्थिक सहयोग तथा कनकाई नगरपालिकाको समन्वय एवंम कारितास नेपालको आयोजनामा गोष्ठी सम्पन्न भएको हो ।
बिहिबार (हिजो) कारितास नेपालका प्रादेशिक प्रवन्धक देवेन्द्र पोखरेलको अध्यक्षता र कनकाई नगरका कार्यवाहक नगरप्रमुख कृष्ण राइको प्रमुख आतिथ्यतामा भएको कार्यशाला गोष्ठीमा प्रशिक्षक शैक्षिक यात्री अर्जुन भट्टले जीवनका चक्र र परिस्थितीमा जीवन जिउन रोजगारी खोज्दै हिड्नु परेको र यसले गर्दा ठग्ने र ठगिनेको जमात बढेको बताउनु भयो ।“मानिसको जिन्दगीमा विभिन्न जीवन छन्,पारिवारिक जीवन ,व्यक्तीगत जीवन,सामाजिक जीवन र पेशागत जीवन ।मानिसका चाहाना असिमित छन् ।यीनैलाई पुरा गर्न मानिस अचेल मान्छेलाई मान्छेले बेच्न थालेको छ ।“भट्टले प्रशिक्षणका क्रममा भन्नुभयो ।जे आफुसँग छ त्यसैमा सन्तोष गरेर सफलता तिर बढ्दै जानुनी आध्यारोबाट उज्यालो तर्फ बढ्नु हो “।
प्रकाशित मिति: २०२३-०३-३१ , समय : १६:३१:१४ , २ वर्ष अगाडि