झापा एक्सप्रेस , १२१८४ पटक हेरिएको
शरणामती।सहारा नेपालको झापा गाउँपालिका कुमरखोद सेवाकेन्द्रले जेष्ठ नागरिकको सम्मान गरेको छ।
आफ्नो स्थापनाको २८ औं वर्ष पूरा गरेको उपलक्ष्यमा सहारा नेपालको कुमरखोद सेवाकेन्द्रले मंगलबार एक कार्यक्रमको आयोजना गरि जेष्ठ नागरिक सँग एक दिन बिताउदै जेष्ठ नागरिकलाई सम्मान गरेको हो।सहाराले दुई पुरुष र दुई महिला जेष्ठ नागरिकलाई दोसल्ला ओडाएर र लौरो र टोपी सहित सम्मानपत्रले सम्मान गरेको छ।केक काटेर स्थापना उत्सव मनाउँदै जेष्ठ नागरिकसँग भजनकृतन गरि सहाराले वार्षिकोत्सब मनाएको छ।
कुमरखोद सेवा केन्द्रका सन्चालक समिति संयोजक जगन्नाथ राजबंशीको सभापतित्व र झापा गाउँपालिका उपाध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि थपलियाले सहारा नेपाल सबैको सहारा बनेको भन्दै खुसी प्रकट गर्नु भएको छ।
कर्मचारी देवकुमार राजबंशीले सन्चालन गरेको कार्यक्रमको स्वागत लिला उप्रेती खरेलले गर्नुभएको थियो।कार्यक्रमको औचित्य माथी प्रकाश कुमरखोद शाखाका प्रमुख धुर्वनारायण गणेशले गर्नु भएको थियो।
प्रकाशित मिति: २०२३-०४-०४ , समय : १९:०१:१५ , २ वर्ष अगाडि