विविध कार्यक्रमका बिच झापा मेरिगोल्डको २४ औं बार्षिक उत्सव सम्पन्न

झापा एक्सप्रेस , २७०५३  पटक हेरिएको

सिएम शर्मा / झापाको कनकाई नगरपालिका ४ मा रहेको झापा मेरिगोल्ड अङ्ग्रेजी माध्यमिक बिद्यालयले सोमबार अाफ्नो २४ अौं स्थापना दिवस विभिद कार्यक्रम गरि मनाएको छ ।

बिद्यालय परिसरमा मनोरञ्जनात्मक कार्यक्रम गर्दै मनाईएको बार्षिक उत्सवमा विद्यालयका बिद्यार्थीहरुले कक्षागतरूपमा सामूहिक नृत्य , प्रत्यक्ष वाद्यवादनमा गायन प्रस्तुती , कविता साथै वक्तृत्वकला प्रस्तुत गर्नुभएको थियोे । बिद्यालय परिसरमा बिद्यार्थी हरुले बिज्ञान प्रदर्शनी समेत गर्नुभएको थियोे । अन्य बिद्यार्थीलाई समेत अतिरिक्त कृयाकलापमा सहभागी हुन प्रेरित गर्न र हौसला प्रदान गर्न बिद्यार्थीहरुले बर्षभरिमा बिद्यालयको तर्फवाट विभिन्न क्षेत्रमा सहभागी भई बिजेता हुदाको खुशिको क्षणमाकैद गरिएका तस्विरहरु पनि कार्यक्रम स्थलमा होलिङ्बोर्ड मार्फत प्रस्तुत गरिएको थियो । त्यस्तै स्काउट मास्टर नगेन्द्र सुवेदीको नेतृत्वमा रहेको स्काउट दलले मार्चपास गरेको थियो ।

त्यस्तै कार्यक्रममा सोही बिद्यालयका बिद्यार्थीहरुलाइनै अभिनयमा सहभागी गराई लेखक तथा कलाकार खगेन्द्र सिलवाल (पशुपति प्रसाद का पशुपति) द्वरा लिखित “दातको डोब ” शिर्षकको नाटक समेत प्रस्तुत गरिएको थियो । नाटकको निर्देशन भने बिद्यालयकै रङ्गमञ्च प्रशिक्षक मोरङ् पथरि निवासी जीवन बराल र सुमन कुइकेल बरालले गर्नुभएको थियोे । कार्यक्रममा विभिन्न क्षेत्रबाट विद्यालयलाई सहयोग गर्नु हुने साथै विद्यालयको तर्फबाट विभिन्न क्षेत्रमा सहभागी भई आफ्नो प्रस्तुती दिएर विद्यालयको समेत परिचय गराउन सफल बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा यस अघि विद्यालयको एकाइ समितिको अध्यक्ष पदमा रहेर दुई कार्यकाल र एक कार्यकाल विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भएर विद्यालयलाई पुर्याएको योगदानको कदर गर्दै हाल कन्काई नगरपालिका वडा नम्बर ३ का अध्यक्ष समेत रहनु भएका युवराज चौलागाँई त्यस्तै विद्यालयका बिद्यार्थीले बनाएको अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल “सन्थाल” वृत्तचित्रमा सहयोगी भूमिकाल निर्वाह गर्नुहुने भगन टुडु र विद्यालयका शिक्षक सागर लुईटेलाई सम्मान गरिएको थियो । त्यस्तै सन्थाल वृत्तचित्रको निर्देशक सन्दीपा मैनाली , लेखक तितिक्षा ढकाल , उत्कृष्ट कलाकार सन्दीप मैनाली र सृुर्योदय टेलिभिजनले गरेको प्रदेश स्तरीय वक्तृत्वकलामा प्रथम भएकी प्रिन्सा तिम्सिनालाई विद्यालयले सम्मान गरेको थियो ।

सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सदस्य तथा झापा जिल्लाका सल्लाहकार एलपी उप्रेती त्यसैगरि कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निल कृष्ण उप्रेती , विद्यालय संचालन समिति अध्यक्ष वेनु प्रसाद उप्रेती, प्रिन्सिपल गोकुल उप्रेती , संचालक समितिका सदस्यहरु भोलानाथ मैनाली , टिकाराम अधिकारी त्यस्तै पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. पुण्य प्रसाद सिग्देल , कनकाई नगरपालिकाका विद्यालय निरीक्षक श्रोतव्यक्ति मेदनी प्रसाद पाठक लगायतले सम्मानपत्रले सम्मान गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका सञ्चालकहरुका माता पिता समेतलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा विद्यालय सञ्चालक समितिका अध्यक्ष वेनुप्रसाद उप्रेती , सञ्चालक तथा प्रिन्सिपल गोकुल उप्रेतीको ममतामयी माता तथा विद्यालयको शिक्षक सिता उप्रेतीको ममतामयी सासु अामा धनमाया उप्रेती , विद्यालय सञ्चालक निल कृष्ण उप्रेती साथै नारायण उप्रेतीको ममतामयी माता चन्द्रकला उप्रेती र विद्यालय सन्चालक टिकाराम अधिकारीका ममतामयी माता पिता तथा शिक्षक रेणु अधिकारीका ममतामयी सासू ससुरा कृष्णमाया अधिकारी र टेक बहादुर अधिकारीलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल प्याब्सनका केन्द्रीय सदस्य तथा झापा जिल्लाका सल्लाहकार एलपी उप्रेतीले नेपालको शैक्षिक क्षेत्रको कुल ३३ प्रतिशत भाग निजी शैक्षिक क्षेत्रले ओगटेको र निजी शैक्षिक क्षेत्रले अन्तर्राष्ट्रिय क्षेत्रमा शैक्षिक योगदान पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै त्यो भूमिकालाई राज्यले पनि अलि कति पनि विभेद नगरी स्थान र सम्मान दिनुपर्नेमा जोड दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निल कृष्ण उप्रेतीको अध्यक्षता, प्याब्सनका केन्द्रीय सदस्य तथा झापा जिल्ला सल्लाहकार एलपी उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कनकाई नगरपालिकाका विद्यालय निरीक्षक स्रोतव्यक्ति मेदनी प्रसाद पाठक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. पुण्यप्रसाद पौडेल , प्यारागन एकेडेमीका प्रिन्सिपल डिअार सुवेदी ग्लोबल एडुकेयर एकेडेमीका विमान लामा , विद्यालय व्यवस्थापन समितिका सदस्य डिल्लीप्रसाद मैनाली , सुमित्रा नेपाल , अभिभावक एकाइ समितिका नवराज मैनाली , राजेश शर्मा मीरा बुढाथोकी विद्यालयका अभिभावक लगायतको उपस्थितिमा भएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत विद्यार्थीको तर्फबाट श्रष्टा तिम्सिना र शिक्षक तर्फबाट वेनुप्रसाद उप्रेतीले गर्नुभएको थियो । पहिलो चरणको कार्यक्रम सन्चालन शिक्षक सन्तोष बराइलीले र संस्कृतिक कार्यक्रमको संचालन विद्यार्थी द्वय अादित्य बुढाथोकी र प्रिन्सा तिम्सिनाले गर्नुभएको थियोे ।

प्रकाशित मिति: २०२३-०४-१२ , समय : ०६:५७:५६ , २ वर्ष अगाडि

error: Content is protected !!