झापा एक्सप्रेस , ४३०७० पटक हेरिएको
झापा –लिलाराज झापाली नौलो नाम होइन ।झापाभरी र देशभरी पत्रकारिता जगतमा हाँसो छर्दै गुन्जिएको,लेखिएको र देखिएको नाम हो ।पत्रकारिता क्षेत्रमा झापालीको ओझ राख्न वरकरार झापाली वि.स २०५७ साल देखि यस क्षेत्रमा सक्रिय भएर लागेका हुन् ।
वि.स. २०४१ सालमा जन्मेका झापालीले झापाबाट प्रकाशित हुने पुर्वान्चल,विवेचना दैनिक लगायतका पत्रिकामा काम गरिसकेका छन् । हाल आफ्नै सम्पादन र प्रकाशनमा कनकाई साप्ताहिक प्रकाशन गर्नुका साथै नेपालकै पुरानो पत्रिका गोरखापत्र दैनिकमा आवद्द छन् ।पत्रकारिता क्षेत्रमा खरो कलम चलाउने उनी कहिले थाकेनन ।
बिचमा उनी पत्रकारिता क्षेत्रलाई छोडेर ३ वर्ष वैदेशिक यात्रामा समेत होमिए।लहडले खाडी मुलुक होमिएका झापाली त्यहाँ स्थायी भएर भने टिक्न सकेनन् ।देश प्रती जवाफदेहिता,कर्तव्यबोध र आफ्नो रुचि र खुबी बुझेका झापालीलाई पत्रकारिता क्षेत्रनै प्यारो लाग्यो।
दुई दशक लामो पत्रकारिता यात्रामा झापाली एक इमानको नाम समेत हो।द्वन्दकालमा समेत बिचमा रहेर निडरताका साथ कलम चलाउने सहासिक नाम हो।बुबा,आमा,दुई सन्तानको जिम्मेवारी काधमा लिएर पत्रकारिता क्षेत्रबाटै देशको सिंगो जिम्मेवारी लिएर पेट पाल्नु पनि चानचुने विषय पक्कै होइन।
थरले लिलाराज खड्का उपमा झापाली राखेका झापाली पत्रकारिता क्षेत्रमा हरेक व्यवधान आए पनि हासेर ,संघर्ष गरेर सहकर्मीहरुको उर्जाको स्रोत बन्दै हिडिरहेका छन् ।संगठनमा समेत उत्तिकै सक्रिय उनी हाल प्रेस सेन्टर नेपालको केन्द्रिय सदस्य र नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सदस्य छ्न।
पछिल्लो समय भने उनको सहासिक यात्रालाई रोगले ग्रस्त बनाएको छ।२०७३ सालमा उच्च रक्तचाप र मधुमेह बढेपछी अचानक अस्पताल भर्ना भएर २२ दिन आइसियु बेडमा उपचार गरेर फर्केका झापाली दैनिक र सहज जिवनमा फर्केपछी पुन: २०७८ साल चैत्रमा पेट सम्बन्धी पेनकृयाज समस्याबाट ग्रस्त बने।पलपल रोगको पीडा झेलिरहेका पत्रकार झापाली एक महिना बिराटनगर स्थित नोबेल अस्पतालको बसाई पछि दैनिक जिवनयापनमा फर्के।
पत्रकारिता क्षेत्रको कठिन यात्रा सहज झेलेका उनी रोगसँग भने पटकपटक संघर्षमा छन् ।पुन: हाल २०७९ साल चैत्रमा अस्पतालमा उपचारार्थ छन् ।
हामी झापालीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै चाडैं स्वास्थ्य लाभ हुनेमा समेत हामी ढुक्क छौ।झापा एक्सप्रेसका सल्लाहकार झापालीले चाडै पुन: पत्रकारिता क्षेत्रमा निडर र हक्की कलम चलाउनेमा हामी विश्वस्त छौ।
केशब चापागाई
झापा एक्सप्रेस
प्रकाशित मिति: २०२३-०४-१२ , समय : १९:२९:२६ , २ वर्ष अगाडि