अस्ताए पाण्डब ,अधुरै रहयो सपना

युवराज रेग्मी , ११५४०  पटक हेरिएको

झापा -सवारि दुर्घटनामा परि झापा जिल्ला गौरादह नगरपालिका-४ मैदानघोपा निवासी पाण्डब चौलागाईंको निधन सँगै उनको सपना अधुरै भएको छ । जनता मा. वि. गौरादह १ का पुर्व बिद्यार्थी तथा हाल गौरादह बहुमुखी क्याम्पस गौरादहमा अध्ययनरत उनको आज आइतबार सबारी दुर्घटनामा परि निधन भएको हो ।

शारीरिक अपांगताका बाबजुद अत्यन्तै मेहनत र परिश्रमका कारण सानै उमेरमा ब्यवसायिक सफलता प्राप्तगर्न सफल पाण्डव चम्लागाई आज बिहान करिब ९:४५ बजे झापाको कमल गाउँपालिका -७ लालधन्द्रा चोकमा मोटर साइकल दुर्घटनामा परेका थिए ।

दुर्घटनामा परि छटपटाइ रहेको अवस्थामा स्थानियले उपचारका लागि दमक अस्पताल पुर्याएका थिए ।
३ जना सबार मोटरसाइकल अनियन्त्रित भइ कल्भर्टमा दुर्घटना हुदा चालक पाण्डव चम्लागाइको प्रारम्भिक उपचारको क्रममा ३ वटा करङ भाच्चिएको र फोक्सोमा गम्भिर असर परी गम्भिर अवस्था रहेको पाइएपश्चात् थप उपचारका लागि बिर्तामोड लगिएको थियो ।

उपचारकै क्रममा दिउँसो घाइते पाण्डव चम्लागाईको मृत्यु भएको पारिबारिक श्रोतले जानकारी गराएको छ ।
सानै उमेरमा थ्रेसरमा परि आफ्नो एउटा हात गुमाएका पाण्डब मेहेनती थिए । हाल उनी बि बि एस तेस्रो बर्षमा अध्ययनरत गर्दै आफ्नो पेशाको रुपमा बिगत केही बर्ष देखि गौरादह छेत्रमा पसु चौपाया खरिद बिक्रीगर्ने कार्य गर्दै आएका थिए ।

उनले केही समय अगाडि आफ्नो सामाजिक सन्जालमा पोस्ट गरेको एउटा टिकटक भिडियो भाइरल बन्दैछ। उक्त टिकटकमा शब्द जोडिएको छ ” म त अधुरो मान्छे ! नत सपना पूरा हुन्छ नत निन्द्रा !” । हाल उनले आफ्नो संसार छोडेर गए पनि उनको त्यो सामाजिक सन्जालमा रहेको टिकटकले धेरैको मन छोएको छ । लगनसील र मेहेनती पाण्डबले आफ्नो जीवन भोगाई झल्काउने तस्बिरको साथमा दर्जनौ शब्दहरु सामाजिक संजालमा पोस्ट गरेकाछ्न । सङ्घर्शसिल जीवन जिउने क्रममा अस्ताएका पाण्डबको सपना त अधुरै रहयो तर उनको सम्झना गौरादहबासीले भने सदैब गरिरहने छ्न ।

प्रकाशित मिति: २०२२-०३-२० , समय : २१:२६:३५ , ३ वर्ष अगाडि

error: Content is protected !!