जनता माविका विद्यार्थी अध्ययन सँगै खेती तीर

डिकेश लामा , ९४४०  पटक हेरिएको

शरणामती-कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विधालयमै पठनपाठन हुन थाले पछि विधार्थीहरु अध्ययनसँगै खेतीको अभ्यासमा लाग्न थालेका छन् । झापाको झापा गाउँपालिकामा रहेको जनता माविमा बाली विज्ञान अध्ययन गर्ने विधार्थीले सरकारको सहयोग समेत पाए पछि सामुहिकरुपमा व्यवसायिक खेती समेत थालेका छन् ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट गत बर्ष र यस बर्ष खेतीमा लाग्ने प्रविधि र टनेल निर्माणमा सहयोग भए पछि विधार्थीहरु व्यवसायिकरुपमै खेतीमा लागेका छन् । कृषि पढ्ने विधार्थीले अभ्यास गर्नेक्रममा व्यसायिकरुपमा खेती थालेको जनता माविमा कक्षा ११ मा बाली विज्ञान अध्ययन गर्ने विधार्थी विपिसा प्याकुरेलले बताउनु भयो । प्याकुरेलका अनुसार कक्षा ९ देखि १२ सम्म पढ्ने झण्डै ८० जना विधार्थीहरुका लागि प्रधानमन्त्री कृषि आध्निकीकरण परियोजनाले दिएको सहयोगले अभ्याससँगै खेती गर्न समेत सहयोग पुगेको छ ।

विधार्थीले यस बर्ष हाइव्रेड मकैको खेतीको प्रदर्शनी समेत गरेका छन् । १ हेक्टर क्षेत्रमा गरेको मकै खेती र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ झापाले गत बर्ष टनेल निर्माणमा १० लाख अनुदान सहयोग गरे पछि विधार्थीहरु खेतीमा थप आकार्षित भएको परियोजनाका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो । उहाँले यस बर्ष हाइव्रिड मकै खेती प्रदर्शनीले अन्य किसानका लागि समेत प्रेरणादायी कार्य भएको बताउनु भयो ।

झापा गाउँपालिका क्षेत्रमा कृषि प्राविधिक विषय अध्ययन गर्ने विधार्थीले स्थानीय क्षेत्रमा किसानलाई सहयोग समेत गर्न थालेका छन् । विधार्थीले किसानको समस्या पहिचानमा सहयोग गर्दा किसानलाई समेत धेरै ज्ञान मिलेको उनीहरुले बताएका छन् । सिक्ने र गर्ने इच्छा हुँदा विधार्थीले समेत राम्ररी सफलपूर्वक खेती गरेका छन् । पढाईसँगै आम्दानी समेत गर्ने गरी विधार्थीले गरेको खेतीले अन्य किसानलाई समेत प्रेरित गरेको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति: २०२२-०३-२० , समय : २१:४८:५८ , ३ वर्ष अगाडि

error: Content is protected !!