सुत्केरीको मृत्युले ओम मेची अस्पतालमा दिनभर तनाव

झापा एक्सप्रेस , २४३१५  पटक हेरिएको

बिर्तामोड । झापाको दमकस्थित ओम मेची अस्पतालमा दिनभर तनाव उत्पन्न भएको छ । सुत्केरी महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको हो ।

दमक- १ निवासी ३० वर्षीया रुवी देवी शाहलाई उपचारका लागि ओम मेची अस्पताल भर्ना गरिएको थियो । उनको आज बिहान मृत्यु भएपछि मृतकको परिवार र आफन्तजनले चिकित्सकको लापरबाहीका कारण ज्यान गुमाउनु परेको बताएका छन् ।

उच्च रक्तचाप भएकी सुत्केरी महिलाको उपचारमा लापरबाही भएको बताउँदै परिवारले संलग्न चिकित्सकलाई कारबाहीको माग गरेका छन् । ओम अस्पतालले अन्तिम अवस्थामा रेफर गरेको भन्दै शाह परिवारले पुनः गल्ती नदोहोर्‍याउन प्रतिवृद्धताको माग समेत गरेको छ ।

ओम अस्पतालले विएण्डसीमा रिफर गरेको थियो, परिवारका एक सदस्यले भने – अस्पताल नपुग्दै बिरामीको मृत्यु भइसकेको थियो । सो घटनाका कारण ओम अस्पतालमा आज दिनभर तनाव भएको छ । तनाव समाधानका लागि अस्पताल प्रशासन र परिवार पक्षबीच बसेको छलफल विना निष्कर्ष टंगिएको स्थानीय पत्रकार सुदिप अधिकारीले जानकारी दिएका छन् । तनाव बढेपछि अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । पत्रकार अधिकारीसहित रिपोटिङका लागि पुगेको पत्रकारको टोलीलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएका छन् ।

प्रकाशित मिति: २०२३-०४-१९ , समय : २०:१६:०२ , १ वर्ष अगाडि