झापा एक्सप्रेस , ३३७९८ पटक हेरिएको
झापा । प्राइभेट इक्विटी एवम् भेन्चर क्यापिटल कोष सञ्चालक आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेड र सहज–एनएएमडीपी (नेपाल कृषि बजार विकास कार्यक्रम) को मुख्य साझेदारीमा झापामा ‘आध्यन्त एक्सिलेरेटर कार्यक्रम’ अन्तर्गत पहिलो बुट क्याम्प सम्पन्न भएको छ ।
झापा बिर्तामोडको आदर्श व्यान्केटमा ३ दिन भएको ‘बुट क्याम्प’ मा कृषि उद्यमीहरुलाई व्यवसायको मोडल के हो र व्यवसाय चलाउने पद्दतीको विकास कसरी गर्ने भन्ने बारे प्रशिक्षण दिइएको थियो ।कृषि व्यवसायीहरूको क्षमता बढाई उनीहरूलाई थप लगानी प्राप्त गर्नका लागि पूँजीमा पहुँच पुर्या उन सहयोग गर्ने उदेश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।
यस कार्यक्रममार्फत उद्यमीहरूले उत्पादन विकास, व्यवसायको वित्तीय संरचना, बजार विस्तार, र निजी पुँजीमा पहुँच, लगायतका सहयोगहरू पाउने आध्यन्तका संस्थापक मनोज पौडेल बताउँछन्।
यस्ता कार्यक्रमले उद्यमीहरूलाई उनीहरूको व्यवसायिक वृतभन्दा बाहिरको सहयोग र स्रोतहरूको साथै सम्बन्धित क्षेत्रका विशेषज्ञ र सल्लाहकारहरूको बृहत सञ्जाल सम्म पहुँच समेत प्रदान गर्नेमा सन्चालकहरु विश्वस्त छन्।
प्रकाशित मिति: २०२३-०४-२० , समय : ११:३८:०१ , २ वर्ष अगाडि