झापाको कनकाईमा विषादिमुक्त सप्ताह

झापा एक्सप्रेस , २६१६१  पटक हेरिएको

चन्द्र बस्नेत
कनकाई-झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा भोलि बुधबार विषादि मुक्त शब्ताहको समापन कार्यक्रमको अवसरमा विभिन्न दर्जनबढी कार्यक्रम गरिने भएको छ। कनकाई नगरमा कृषकहरुले कसरी बढी भन्दा बढी विषादि रहित अन्नबाली उत्पादन गर्ने भन्ने उध्येश्यका साथ कनकाई नगरलाई कृषि बालीमा विषादि मुक्त बनाउन शब्ताहको कार्यक्रमको आयोजना गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो ।

कारितास नेपालको आयोजना तथा कनकाई नगरको आर्थिक सहयोगमा कनकाई नगरलाई कृषि बालीमा विषादि मुक्त गर्नकै लागि शब्ताहको आयोजना गरिएको कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले जानकारी दिनुभयो ।

पछिल्लो समय हरेक बालीमा विषादिको प्रयोग बढ्दै गएको भन्दै नगरमै यसलाई विषादि मुक्त बनाउन शब्ता अभियान सन्चालन गरिएको कृषि शाखाका प्रमुख यदुनाथ उप्रेतीले जानकारी दिनुभयो।

भोलि बुधबार कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा जेसिस हलमा आयोजना हुने कार्यक्रममा कृषकहरुले उत्पादन गरेका विभिन्न तरकारी बालीमा कसरी विषादि रहित बनाउने बारेमा भोलि पुर्वाच्चल कृषि क्याम्पस गौरादहका विध्यार्थी हरुबाट सचेतनामुलक र्याली तथा नाटक , रासायनिक विषादि न्यूनीकरणमा विध्यार्थीको भुमिका विषयक वक्तित्वकलाकला कार्यक्रम समेत रहने कारितास नेपालका कृषि प्राविधिक टंकप्रसाद कट्टेलले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला भरिका २ सय बढी कृषर्कहरुको सहभागिता रहने बताईएको छ।

प्रकाशित मिति: २०२३-०४-२५ , समय : १४:५१:५४ , २ वर्ष अगाडि

error: Content is protected !!