अन्तराष्ट्रिय मजदुर दिवशमा कनकाई नगरपालिका कर्मचारीको दौड, उपाधि मनिस र मिरालाई

झापा एक्सप्रेस , ३७००१  पटक हेरिएको

अन्तराष्ट्रिय मजदुर दिवशको अवशरमा झापाको कनकाई नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको मिनी म्याराथुन दौड प्रतियोगिता आज वेलुकी भएको छ ।

दौड प्रतियोगिताको उपाधि पुरुष तर्फ मनिस भट्टराई र महिलाको उपाधि मिरा चर्मकारले जित्नुभएको छ । उपाधिसगै उहाँहरुले नगद ५ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गर्नुभयो । यसैगरि पुरुष तर्फको दोस्रो स्थान सचिन बस्नेत र तेस्रो स्थान ज्ञानेन्द्र खनाल हुनुभयो । यसैगरि शान्तना पुरस्कार धिरज मुर्मु, रोहित मल्लिक, टिकाराम थापा, इन्द्र बजगाई हुनुभयो । यसैगरि महिलातर्फ दोस्रो निर्मलादेवि दनुवार, तेस्रो मनिता राई र शान्तना क्रमश लक्ष्मी राई, गंगा विष्ट, जमुना कटुवाल र प्रियका गौतम हुनुभयो । प्रतियोगितामा दोस्रो हुनेले नगद ३ हजार र तेस्रो हुनेले १ हजार नगद र शान्तना हुनेले जनही ५ सय नगद शिल्ड र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

प्रतियोगिताको आयोजना सवारी इकाई कनकाईले गरेको थियो भने आर्थिक सहयोग कनकाई नगरपालिका र व्यावस्थापन सरकारी सवारी चालक एसोशिएशन झापाले गरेको थियो ।
बिजयी तथा उपबिजयी हुने खेलाडीहरुलाई कनकाई नगरपालिकाका निमित्त नगरप्रमुख दिर्घबहादुर थापा, कनकाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पिताम्बर गौतम, कनकाई नगरपालिका २ का वडाअध्यक्ष बलराम राई प्रताव, ५ का वडाअध्यक्ष कृष्ण राई, ७ का वडाअध्यक्ष भीष्म सिटौला, ८ का वडाअध्यक्ष लीलाबहादुर कटुवाल ९ का वडाअध्यक्ष राजेन्द्र उप्रेती लगायातले नगद तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि दिर्घबहादुर थापाले खेलले कर्मचारीहरुले मनोवल उच्च हुने र कार्यक्षमतामा थप प्रगति हुने विश्वास व्यक्त गर्नुभयो ।

सरकारी सवारी चालक एसोशिएसनका महासचिव ख्यामराज नेपालको सभापतित्वमा आयोजित कार्यक्रममा सवारी चालक एसोशिएशनका सल्लाहकार रोहित कोइरालाले कर्मचारीहरुका लागि पुर्नताजगी र स्वास्थ्य रहनुपर्छ भन्ने सचेतनाका लागि उक्त दौड प्रतियोगिताको आयोजना गरिएको बताउँनुभयो ।

प्रकाशित मिति: २०२३-०४-३० , समय : २१:३७:१३ , २ वर्ष अगाडि

error: Content is protected !!