आज बुद्ध जयन्ती-बुद्ध दर्शनका चार आर्य सत्य र अष्टाङ्गिक मार्ग के-के हुन्?

झापा एक्सप्रेस , ३२२७८  पटक हेरिएको

लेखक-लक्ष्मण विश्वकर्मा

आज भन्दा लगभग २६०० वर्ष अगाडि त्यो वेलाको नेपालको कपिलवस्तु राज्यको शाक्यमुनी वँशका राजा सुद्दोधन र रानी मायादेवी गौतमीको पुत्रकोरुपमा एक वालकको जन्म भएको थियो।जुन आजकै दिन बैशाख पुर्णीमाकै दिन थियो।शाक्यवंशमा गर्वावस्थामा माइतीघर जाने चलन हुनसक्छ,मायादेवी आफ्नो माइत देवदह जाने निर्णय भयो।सेना,कर्मचारी,नर्शहरुको लावालस्कर सहितको सवारी भयो।बाटोमा लुम्बिनी जंगलको एउटा सुन्दर बगैंचामा मायादेवीलाई विश्राम गर्न मन लाग्यो।अस्वभाविकरुपमा शरीरमा समस्या देखिन थालेपछि मायादेवीले त्यही उड्यानमा सालको हाँगा समातेर परिचारिकाहरुको सहयोगमा राजकुमार बालकको जन्म दिन।

बालक जन्मदै सात पाईला हिडेको र उनले “अग्गोहमस्सी लोकस्स” भनेका छन् ।जसको अर्थ “संसारको अग्र पुरुष म नै हुँ” भन्ने हो।जन्मदै उनी ३२ लक्ष्यणका थिए।कान लामा लामा,हात लामा,औला लामा,दुई औला बिच तन्किएको छाला(हाँसको जस्तो) इत्यादि।लुम्बिनी बगैंचाको लावा लस्कर सहित मायादेवी कपिलवस्तु तिरै फर्किनु पर्यो।शाक्य बंशमा पाँच दिनमा नाम जुराउने परम्परा थियो।१०८ जना ब्राह्मण बोलाई विधीपुर्वक नाम राख्ने काम भयो।सम्पुर्ण कार्यहरु सिद्ध गर्ने क्षमता भएकोले सिद्धार्थ राखियो ।

रानी मायादेवी गौतमी ७ दिनमा स्वर्गाहोरण भएपछि आफ्नै कान्छी आमा (कान्छी रानी) प्रजापती गौतमीले रेखदेख स्याहारमा राजकुमार सिद्धार्थको किशोरावस्था उमेर पुग्यो।१६ वर्षको उमेरमा देवदह नगरमै यसोधरा सित विवाह भयो।२९ वर्षको उमेरसम्म राजकीय सुखसुविधामा दिनहरु विते तर उनलाई ४ प्रकारका परिस्थितिले चिन्तित हुन प्रेरित गरेको देखिन्छ।बूढो मनुष्य ,रोगी मनुष्य ,मरेको लास देखेर विरक्ततता लाग्यो तर भिक्षु देखेपछि थोरै आनन्द आयो।दरबारमा बसेर हुदैन,गृहत्याग गर्नैपर्छ।दु:खबाट मानिस कसरी मुक्त हुन सक्छ?ज्ञान प्राप्त कसरी गर्न सकिन्छ भन्ने बिचारहरु उनमा आयो।रातीको समयमा उनले दरबार त्याग गरे।

भिक्षुको वस्त्र धारण गरी त्यो बेलाको भारतका विभिन्न राज्यहरुमा भिक्षाटन गर्दै हिडे।६ वर्ष विताए।कयौं पटकको ध्यान र यात्रापछि भद्रशाला बनमा गएर दिनभरी ध्यानमा बसे तर पार लागेन।घाम अस्ताउने बेलामा त्यहाँबाट सरासर बोधीवृक्ष तिर लागे।बाटोमा एउटा ब्राह्मणले दिएको आठमुठा स्वीकार गरेको घाँस बोधगया पुगेर बोधिवृक्ष मुनि ओछ्याएर बसे।पुर्वतिर फर्केर रुखमा अडेस लागेर प्रतिज्ञा गरे।

‘मेरो यस शरीरमा हाड,मासु,छाला जम्मै सुकेर गई खाली कंकाल मात्र बाँकी रहे पनि बुद्धत्व प्राप्त नगरी म यस आसनबाट उठ्ने छैन’।

मन भित्र र बाहिर पैदा भएका विभिन्न अवरोधहरुलाई पराजय गर्दै त्यस रात्रीको प्रथम प्रहरमा पुर्वानुस्मृती ज्ञान अर्थात पुर्व जन्मका कुरा सविस्तार थाहा भइ आउने ज्ञान प्राप्त गरे।रात्रीको प्रहरमा च्युत्योत्पती अर्थात जन्म मरणको ज्ञान प्राप्त गरे।तृतय प्रहरमा आस्रवक्षय ज्ञान अर्थात यो भएपछि त्यो हुन्छ।त्यो भएपछि यो हुन्छ।अर्थात कुनै पनि चिजको उत्पती हुन मुल कारण र सहायक कारण चाहिन्छ।यसलाई प्रतित्य समुत्पाद ज्ञान भनिन्छ भन्ने बुझे।त्यस पछि प्रतित्य समुत्पाद ज्ञान सुरुदेखि आखिरसम्म र आखिर देखि सुरुसम्म बारम्बार दोर्याइ तेर्याइ रहे।यसप्रकार राजकुमार सिद्धार्थ गौतमले बैशाख पुर्णीमाकै दिन बोधिवृक्ष मुनि ज्ञान प्राप्त गरे।३६ वर्षको उमेरमा सिद्धार्थ गौतमले वोधीसत्व प्राप्त गरि वुद्ध बने।

उनको नामाकरण गर्ने कान्छा ऋषि कौडिन्य सहित ५ जना भिक्षुहरुलाई यो ज्ञान सुनाउने कार्य गरे जुन उनको जीवनको यो पहिलो उपदेश थियो।चार आर्य सत्यको बारेमा बुद्धले भनेका छन,दु:ख छ,दु:खको कारण छ।दु:खको निरोध छ।दु:ख निरोधका लागि अष्ठ मार्गहरु छन् ।जन्म हुनु ।बूढो हुनु।मरण हुनु।शोक सन्ताप गर्नु।चिज बस्तुको वियोग भइ मन नपरेकाहरुको संयोग हुनु तथा इच्छित वस्तु अप्राप्त हुनु इत्यादी सबै दु:ख हुन।छोटकरीमा पञ्चस्कन्धनै दु:खको पोका हुन भनेका छन् ।

दु:खबाट छुट्कारा पाउन आर्य अष्टाङ्गिक मार्ग अपनाउनु पर्छ।समयक दृष्टि ,समयक संकल्प,समयक वचन,समयक कर्मान्त,समयक आजिवा,समयक व्यायाम,समयक स्मृति ,समयक समाधि।समयक भनेको असल राम्रो भन्ने अर्थ हो।

हेराई,वोलाई,सोच,कर्म,जिविकोपार्जन,मेहनत सहि हुनु पर्छ।सम्झना सहि हुनुपर्छ।ध्यान सहि हुनुपर्छ जसले ज्ञान दिलाउँछ भन्ने अर्थमा लिइएको छ।यसैगरी गौतम बुद्धले ५ दुष्कर्म बारे स्पष्ट बताउनु भएको छ।अङ्गुतर निकायमा उल्लेख भएका ५ दुष्कर्महरु यसप्रकार छन् ।

-प्राणी हत्या गर्नु
-चोरी गर्नु
-व्यविचार गर्नु
-असत्य भाषण गर्नु
-मध्यपान गर्नु

यी अकुशल कर्ममा रमाउने व्याक्ती समस्या ग्रस्त जीवनमा हुन्छ।फलस्वरूप जन्म निरर्थक बन्न पुग्छ।जीवनलाई सार्थक बनाउन र समस्याबाट छुट्कारा पाउन भिन्नै पञ्चशीलको अभ्यास सकारात्मक रुपमा गर्नु आवश्यक छ।

गौतम बुद्धको ज्ञान र उपदेश आजको दिनमा झनै उपयोगी देखिन्छ।हामी नेपालीले त झनै गर्व गर्नु पर्छ।हाम्रो आ-आफ्नै धर्म परम्परा हाम्रो जीवन बितिरहे पनि बुद्धको ज्ञान र उपदेशलाई सिकाइको रुपमा लिन सकिन्छ।बुद्धका दर्शनहरु उपयोगी छ्न।चार आर्य सत्य र अष्टाङ्गिक मार्ग दुई छेउको बिच अर्थात मध्य मार्गको बाटोमा रहेको दर्शन हो जुन सबै मनुष्यको लागि आवश्यक छ।हरेक मनुष्यको जय जय अनि आनन्द हुने चाहाना हुन्छ।आजको दिनले सबैको चाहाना पूरा होस।

बैशाख पुर्णीमा अर्थात २५६७ औं बुद्धजयन्तीको अवसरमा सम्पुर्ण महानुभाव ज्यूहरुमा हर्दिक मंगलमय शुभकामना छ।

(लेखक विश्वकर्मा झापा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हुनुहुन्छ)

प्रकाशित मिति: २०२३-०५-०५ , समय : ०६:४३:१२ , २ वर्ष अगाडि

error: Content is protected !!