झापा एक्सप्रेस , ११११३ पटक हेरिएको
धुलाबारी।नयाँ पुस्ताका पत्रकारलाई खोज पत्रकारिताको अभ्यासमा महत्वपूर्ण सहयोग पुगेको एक प्रशिक्षणका सहभागीले बताएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा धुलाबारीमा सञ्चालित स्थानीय सरकारका सवालमा दुईदिने खोज पत्रकारिता प्रशिक्षणका सहभागीले त्यस्तो बताएका हुन् ।
तालिम लिइरहदा अहिलेको पत्रकारिता हतारो र सतही रहेको आफूहरुलाई अनुभूति भएको बताउदै सहभागीले अब खोज पत्रकारिताको अभ्यास गर्ने बताए ।
सोमबार भएको प्रशिक्षण समापन समारोहमा सहभागीहरु रीता सापकोटा, अनिता विष्ट, खगेन्द्र घिमिरे र दिलिप थापाले आफ्ना अनुभूति सुनाएका थिए । सक्रिय सहभागी मध्ये विनिशा शर्मा र शिशिर चम्लागाईं पुरस्कृत भए ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहमा नारी सञ्चार गृहकी निवर्तमान अध्यक्ष अम्बिका भण्डारी, महासंघकी उपाध्यक्ष सुशीला संग्रौलाले मन्तब्य राखेका थिए ।
प्रशिक्षणमा सहभागी ३५ जना सञ्चारकर्मीलाई खोज पत्रकार तथा सम्पादक मोहन मैनालीले प्रशिक्षण दिएका थिए ।
महासंघका सहसचिव अर्जुन राजवंशीले सञ्चालन गरेको कार्यक्रममा कार्यसमिति सदस्य स्वस्तिका आचार्यले ंधन्यवाद ज्ञापन गरेको थिइन् ।
महासंघ झापाका पूर्व अध्यक्ष मोहन काजी न्यौपाने, नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटी लगायतको आतिथ्य रहेको थियो ।
प्रशिक्षण सञ्चालनका लागि मेचीनगर नगरपालिकाले सहयोग गरेको थियो ।
प्रकाशित मिति: २०२२-०३-२१ , समय : १६:१९:०१ , ३ वर्ष अगाडि